ताजा समाचार

बडीगाड खोलामा फेलापरेको महिलाको शव पहिचान, गुल्मीकी गीता नेपाली रहेको खुलाशा

बागलुङ, २७ असार । बडीगाड खोलामा फेला परेको महिलाको शवको पहिचान भएको छ । बडीगाड गाउँपालिका खर्वाङ बजार नजिक बडीगाड खोलामा सोमबार एक महिलाको बेवारिसे शव फेला परेको थियो । मृतक महिला गुल्मी जिल्ला मुसिकोट नगरपालिका १ साविक पौँदी अमराई गाविस ९ की वर्ष ३५ की गीता नेपाली रहेको प्रहरीले जनाएको छ ।

मृतक गीता नेपालीको गुल्मी साविक ईस्मा गाविसमा विवाह भएको र १३ वर्षकी एक छोरी र ३ भाई छोराहरु रहेको स्थानीयको भनाई छ । श्रीमानसँग राम्रो सम्वन्ध नभएका कारण मृतक गीता माईती घर नजिकै छाप्रो बनाएर बस्दै आएकी थिईन् ।

मृतक गीता र उनकी भाउजू सीता नेपाली लव्दी खोलामा निर्माणाधीन मोटरेबल पुलमा काम गर्न आउने गरेका र घटनाका दिन दुबै नन्द भाउजू काम सकेर घरतिर फर्कदैँ गर्दा सोहि पुलमा काम गर्ने कुनै केटाको फोन आएपछि म एक छिन पछि आउछु भनी भाउजूलाई पठाएर मृतक गीता त्यहि बसेकी थिईन् । धेरैबेर सम्म गीता नआएपछि भाउजू सीताले गीताको मोबाईलमा फोन गर्दा स्वीजअफ भएको र भोलि भेट भैहाल्ला नि भनेर घर गएको बताईएको छ ।

मृतक गीता र त्यस युवकबीच निकट सम्वन्ध भएका कारण बराबर फोनमा कुराकानी, भेटघाट भईरहने गर्दथ्यो । दुवैबीच अवैध सम्वन्ध भएकै कारण यो घटना घट्न गएको व्यापक चर्चा बाहिर आएको छ । दुबैवीचको अनैतिक यौन सम्पर्कबाट गर्भ रहन गएपछि यो घटना भएको स्थानीयले आशंका गरेका छन् भने बलात्कार पछी हत्या गरी बडीगाड खोलामा शवलाई फालेको हुनसक्ने पनि चर्चा चलेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org