ताजा समाचार

अपडेटः रामेछापमा भीषण वर्षासँगैको बाढीमा परी पर्नेको संख्या २ पुग्यो, अझै ३ जना वेपत्ता

 

रामेछाप । रामेछाप छतिवन खोला नजिकै आएको बाढीले बगाउँदा मर्नेको संख्या २ पुगेको छ । गएराति भीषण वर्षासँगै आएको बाढीले घर बगाउँदा छतिवन खोला नजिकै घर भएका कुमार खत्रीकी ७५ वर्षीया आमा लालकुमारी खत्रीको ज्यान गएको छ । त्यस्तै इन्द्रबहादुर खत्रीको रोपाइँमा काम गर्न मन्थली नगरपालिका गेलुबाट आएका वासु भनिने जयप्रकाश कार्कीको समेत ज्यान गएको छ । उनको शव तामाकोसीको हलेदीमा फेला परेको प्रहरीले जनाएको छ । परिवारका अन्य सदस्यले भने भागेर ज्यान जोगाएका छन् ।

 

बाढीमा परि अन्य ३ जना बेपत्ता भएका छन् । खिम्ती खोलाको बाढीले घर बगाउँदा अशोक तामाङ र उनकी छोरी र इन्द्रबहादुर खत्रीकी पत्नी वेपत्ता भएका छन् । अन्य ६ जना गम्भीर घाइतेको उद्धार गरिएको छ । उद्धारका लागि प्रहरी नायव उपरीक्षक कुमोद ढुंगेल नेतृत्वको टोली घटनास्थल पुगेको छ । अहिले प्रहरी, नेपाली सेना र स्थानीयले हराइरहेकाको खोजी र उद्धार गरिरहेका छन् ।

बाढीले खोलामा भर्खरै बनाएको पक्की पुल पनि बगाएको छ । बाढीले पुल बगाएपछि उत्तरी रामेछाप, ओखलढुंगा, सोलु र जिरीसँगको सडक सम्बन्धविच्छेद भएको छ । बाढीका कारण नदी किनार र आसपासका बस्तीमा जोखिम बढेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org