ताजा समाचार

देउवाले प्रचण्डलाई फोन गर्दै भने, ‘आज मन्त्रिपरिषद विस्तार गर्छु’

काठमाडौं, १० साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी केन्द्रीय कार्यसमिति बैठक सोमबार नसकिएका कारण मन्त्रिपरिषद विस्तार गर्न नसकेको भन्दै आज (मंगलबार) गर्ने जनाएका छन् । प्रधानमन्त्री देउवाले सोमबार दाहाललाई फोन गरी मंगलबार (आज) मन्त्रिपरिषद विस्तार गर्ने जनाएका हुन् ।

आइतबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँगको छलफलमा देउवाले सोमबार मन्त्रिपरिषद विस्तार गर्ने वचन दिएका थिए ।मन्त्रिपरिषद विस्तारमा धेरै ढिलाई भएको भन्दै दाहालले प्रधानमन्त्रीको आलोचना गरेको थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org