ताजा समाचार

माआवादीले मन्त्रीको नाम टुंगो लगायो, महेन्द्र बहादुर शाही उर्जा र गिरिराजमणि स्वास्थ्य मन्त्री

काठमाडौं, ११ साउन । नेकपा माओवादी केन्द्रले शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागि हुने ६ मन्त्रीको टुंगो लगाएको छ । माओवादी केन्द्रको बुधबार बिहान बसेको हेडक्वार्टर बैठकले ६ मन्त्री र ५ राज्यमन्त्रीको टुंगो लगाएको हो । माओवादीबाट महेन्द्रकुमार शाही उर्जामन्त्री बन्ने भएका छन् । त्यस्तै स्वास्थ्यमन्त्रीमा गिरिराजमणि पोखरेलको नाम तय भएको छ ।

यस्तै टेकबहादुर बस्नेत सामान्य प्रशासनमन्त्री, शिवकुमार मण्डल वाणिज्य तथा आपूर्तिमन्त्री, आशा खनाल कृषि वा बालबालिकामध्ये एक मन्त्री पाउने भएका छन् । सन्तकुमार चौधरीलाई भने पशुपन्क्षीमन्त्री बनाउने भएको माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले जानकारी दिईन् । शम्भु श्रेष्ठ, छमबहादुर गुरुङ, श्याम श्रेष्ठ, जाकिर हुसेन र रामसिंह यादवलाई राज्यमन्त्री बनाउने निर्णय भएको प्रवक्ता भुसालले जानकारी दिइन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org