ताजा समाचार

आईसीयूमा बस्न नमानेका डा. केसीको स्वास्थ्य अवस्था जटिल बन्दै


काठमाडौं, ३१ साउन । सरकारले डा. गोविन्द केसीको माग सम्बोधनका लागि चासो नदेखाएपछि उनका प्रतिनिधिले आन्तरिक छलफल गरेका छन् । मागप्रति एमालेका नेताहरु सकारात्मक नभएको केसीका वार्ता टोली सदस्य डा. सुमन आचार्यले बताएको खबर आजको नेपाल समाचारपत्रमा खबर छ ।

२३ दिनदेखि आमरण अनशनरत केसीको स्वास्थ्य अवस्था दिनप्रतिदिन जटिल बन्दै गएको छ ।चिकित्सकले आईसीयूमा राख्न खोज्दा केसीले अस्वीकार गरेका छन् । उनको अक्सिजनको मात्रा घटेर ७० मा पुगेको स्याहारमा संलग्न चिकित्सकको भनाई छ । छाती दुख्ने समस्या निकै बढेर गएको छ । सोमबार दिनभर डा. केसी कसैसँग नबोलेको उनका सहयोगी विषण दाहालले जानकारी दिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org