संसद बैठकमा बाँध भत्काउन नमाने भारतविरुद्ध अन्तर्राष्ट्रिय कानूनी लडाइँ लड्ने प्रस्ताव
काठमाडौं, ३२ साउन । व्यवस्थापिका संसद बैठकमा तराई डुबाउनेगरी सीमामा एकतर्फी बनाइएका बाँध भत्काउन माग उठेको छ । भारतले एकतर्फी रुपमा बनाएका बाधका कारण नेपाली भूभाग डुबानमा परेको भन्दै भत्काउनुपर्ने माग उठेको हो । बुधबारको संसद बैठकको विशेष समयमा बोल्दै सांसदहरुले बाँध भत्काउन नमाने भातविरुद्ध अन्तर्राष्ट्रिय कानूनी लडाइँ लड्ने प्रस्ताव गरेका छन् ।
बैठकमा राष्ट्रिय जनमोर्चाकी सांसद मिना पुनले भारतले बाँध भत्काउन नमाने अन्तर्राष्ट्रिय कानूनको सहयोग लिएर अघि बढ्नुपर्ने प्रस्ताव गरेकी हुन् । नेपालमा डुबान दीर्घकालिन समस्याको रुपमा देखिएको र यसको समाधान पनि दीर्घकालिन खोज्नुपर्नेमा भन्दै सांसद पुनले त्यसका लागि भारतद्वारा निर्मित एकतर्फी बाँध भत्काउनुपर्ने बताइन् ।
तराईको डुबान नेपालको कारणले होइन् र त्यसको समाधान नेपाल एक्लै गर्नसक्दैन् । भारत जसले झापा (मेची) देखी महाकाली (कञ्चनपुर) सम्म बाँधेको एकतर्फी बाँधको कारणले गर्दा आज तराई डुबानमा परेको छ । त्यो समस्या समाधान गर्नका लागि भारतले बाँधेको जुन बाँध छ त्यसलाई भत्काउनुपर्ने आवश्यकता रहेको उनको भनाई छ ।
पहाडबाट बग्ने नदीहरु, नदीको आफ्नै प्राकृति वहाव हुन्छ, त्यो वहावलाई बग्न दिनुपर्ने हुन्छ । तर, भारतको बाँधको कारणले गर्दा प्राकृतिक वहाव रोकिएको छ । त्यसकारण तराईमा डुबान भएको छ । अब नेपालले आफ्नै तरिकाले समाधान गर्न सक्दैन् भने हामीले अन्तर्राष्ट्रिय कानूनको सहयोग पनि लिनुपर्छ । संसद बैठकमा सांसद पुनले भनिन् ।
अन्तर्राष्ट्रिय कानूनहरु छन्, हाम्रा जस्ता देशहरु छन् जसले छिमेकी मुलुकबाट समस्या उत्पन्न हुन्छ, त्यो समाधान गर्ने अन्तर्राष्ट्रिय कानूनहरु छन् र त्यो कानूनको उपयोग गरेर हामीले हाम्रो देशलाई न्याय माग्नुपर्ने आवश्यकता छ ।
अन्तर्राष्ट्रिय कानूनमा हेलसिंगी अभिसन्धिअनुसार एक देशबाट अर्को देशमा नदी बगेर जाँदा सीमा रेखाबाट १२ किलोमिटर माथि र तल कुनै देशको सहमतिविना बाँधजस्ता संरचना बनाउन पाइदैन् । तर, भारतले नेपालको अनुमतिविना कयौं यस्ता बाँधहरु बाधेको छ जसले नेपालको नदीको वहाव रोकिएको भन्दै उनले त्यसविरुद्ध लड्नुपर्ने प्रस्ताव गरेकी हुन् ।
यस्तै, संयुक्त राष्ट्रसंघको वडापत्रले पनि कुनै देशलाई आघात पर्नेगरी यस्ता संरचना बनाउन हुँदैन र आघात परेको अवस्थामा सम्बन्धित देशको राष्ट्रसंघमा अपिल गर्नसक्छ । यी कानूनहरुलाई आधार बनाएर अब हामीले भारतविरुद्ध जसले नेपाललाई समस्यामा पारेको छ, त्यसको विरुद्ध कानूनी रुपमा लडाइ लड्नुपर्ने आवश्यकता छ । त्यसतर्फ सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु ।
Comments
अरु समाचार
-
आजको विदेशी मुद्रा विनिमय दर कति ? युरो र पाउण्डको मूल्य बढ्यो
काठमाडौँ : बिहीबारको तुलनामा आज शुक्रबार अमेरिकी डलरको मूल्यमा गिरावट आएको छ भने युरो र पाउण्ड स्ट्रलिङको मूल्य बढेको छ...
-
राष्ट्रसंघ महासभाको अधिवेशनमा भाग लिन प्रधानमन्त्री न्यूयोर्क जाँदै
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसङ्घ महासभाको ७९औँ अधिवेशनमा भाग...
-
‘‘संविधानको पूर्ण कार्यान्वयन भए जनताको निराशा हटनेछ’’: मन्त्री गुरुङ
काठमाडौं । संविधान कार्यान्वयनका नौ वर्षलाई हेर्दा निराश हुनुपर्ने अवस्था छैन । विश्वका अन्य देशमा नयाँ संविधान बनिसकेपछिको अभ्याससँग तुलना...
-
संवैधानिक स्वतन्त्रताको उपभोग गरेर भविष्य सुरक्षित गर्नुपर्नेमा प्रधानमन्त्रीको जोड
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानले दिएको स्वतन्त्रताको उपभोग गरेर भविष्य सुरक्षित गर्नुपर्ने बताएका छन् । संविधान दिवसका अवसरमा आज...
-
संविधानको मर्मअनुरुप काम गर्नुपर्छः मुख्यमन्त्री कार्की
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संविधानको मर्मअनुरुप कार्यसम्पादन गर्नुपर्नेमा जोड दिएका छन् । साथै उनले मुलुकलाई सामाजिक न्यायसहित...
-
जम्मू–कश्मीर विधानसभा चुनावमा ५९.१९ प्रतिशत मतदान
दिल्ली । जम्मू–कश्मीरमा बुधबार भएको विधानसभा चुनावको पहिलो चरणमा साँझ पाँच बजेसम्म ५९ दशमलव १९ प्रतिशत मतदान भएको छ ।...
-
संविधान दिवस २०८१ आज हर्षोल्लासका साथ मनाइँदै
काठमाडौँ । संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ आज स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रम गरी हर्षोल्लासका साथ मनाइँदैछ । नेपाल...
-
दुर्गा प्रसाईंलाई पक्राउ गर्न प्रहरीलाई अदालतले दियो अनुमति
काठमाडौं । बी एन्ड सी मेडिकल कलेज झापाका सञ्चालक दुर्गा प्रसाईंविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । बुधबार काठमाडौं जिल्ला...
-
वनमन्त्री शाहीसँग कतारका राजदूतको शिष्टाचार भेट
काठमाडौं । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीसँग नेपालका लागि कतारका राजदूत मिशाल मोहमद अल अन्सारीले शिष्टाचार भेट भएको...