नेपाल पत्रकार महासङ्घको २५ औँ महाधिवेशन आजदेखि, प्रधानमन्त्री देउवाले उद्घाटन गर्ने
काठमाडौं, ४ भदौं । नेपाल पत्रकार महासङ्घको २५ औँ महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ । ‘व्यावसायिक पत्रकारिताको आधारः प्रेस स्वतन्त्रता र श्रम अधिकार’ भन्ने मूल नाराका साथ काठमाडौँमा हुने महाधिवेशनको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने महासङ्घका अध्यक्ष डा. महेन्द्र विष्टले जानकारी दिए ।
बिहान १० बजे प्रधानमन्त्री देउवाले कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा महाधिवेशनको उद्घाटन गर्ने कार्यक्रम छ । महाधिवेशनको सबै तयारी पूरा भइसकेको महासङ्घले जनाएको छ । सोमबारसम्म चल्ने महाधिवेशनका लागि जिल्ला जिल्लाबाट प्रतिनिधि राजधानीमा आइसकेका छन् । प्रतिनिधिलाई सुन्धारा, बागबजार र जमलका विभिन्न होटेलमा राखिएको छ ।
नयाँ नेतृत्वका लागि हरेक तीन/तीन वर्षमा हुने महाधिवेशनले ४५ सदस्यीय नयाँ कार्यसमिति समेत चयन गर्नेछ । महाधिवेशनले अध्यक्ष, उपाध्यक्ष–२ महासचिव–१, सचिव–६ र कोषाध्यक्षसहित ४५ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ । यसपटकदेखि दलित, मधेशी सचिव पनि थपिएको छ । महाधिवेशनले महासङ्घलाई संघीय संरचनामा लैजाने छ ।
सात प्रदेशसहित उपत्यका, प्रतिष्ठान र एशोसिएट गरी १० प्रदेशमा नयाँ नेतृत्व चयन गरिनेछ । प्रत्येकबाट दुईजना केन्द्रीय सदस्य रहने व्यवस्था गरिएको छ । महाधिवेशनमा एक हजार ५१५ प्रतिनिधिको सहभागिता हुनेछ । महासङ्घमा करिब १० हजार पत्रकार आबद्ध छन् ।
Comments
अरु समाचार
-
‘नेपाल-चीनको सम्बन्ध उचाइमा पुर्याउन सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण ‘
काठमाडौं, असोज १० । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाल-चीन सरकार र जनताबिचकोे सम्बन्धलाई उचाइमा पुर्याउन दुवै मुलुकका...
-
आज विश्व पर्यटन दिवस: विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै
काठमाडौँ, ११ असोजः आज सेप्टेम्बर २७ अर्थात् ४५औँ विश्व पर्यटन दिवस नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । दिवसलाई...
-
शुक्रबार र शनिबार हिमाली तथा पहाडी जिल्लामा रात्रिबस नचलाउन विपद् प्राधिकरणको आग्रह
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम तथा न्यूनीकरण प्राधिकरणले आगामी चार दिन भारी वर्षाको सम्भावना रहेकाले उच्च जोखिम रहेका हिमाली र...
-
एकसय ५९ अधिवक्तालाई ‘वरिष्ठ अधिवक्ता’को उपाधि दिइने
काठमाडौँ। सर्वोच्च अदालतले एकसय ५९ अधिवक्ताहरुलाई वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गर्ने निर्णय गरेको छ । सर्वोच्च अदालतको पूर्ण बैठक (फूल...
-
भैरहवा भन्सारबाट व्यापक राजस्व छली
काठमाडौं । भैरहवा भन्सार जस्तो देशको दोस्रो ठुलो भन्सार कार्यालयमा विगतमा रसुवा र मेची भन्सार कार्यालय बस्दा धेरै राजस्व चुहावट...
-
उपनिर्वाचनका लागि मंसिर २ गते मनोनयन दर्ताको समय
काठमाडौं । स्थानीय तह उपनिर्वाचनका लागि आगामी मङ्सिर २ गते उम्मेदवारी दर्ता हुने भएको छ । निर्वाचन आयोगले बिहीबार प्रेस...
-
सभापति पक्राउ पर्ने सम्भावना बढेको भन्दै चीन गएको रास्वपाको टोली स्वदेश फर्कियो
काठमाडौं । पहिलो पटक चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा चीन भ्रमणमा गएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को टोली बिहिबार काठमाडौँ...
-
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, एक जना घाइते
काठमाडौं । बाँकेमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ, भने अर्का एक जना घाइते भएका छन् । राप्तीसोनारी...
-
भरतपुर महानगरपालिकाद्वारा अतिक्रमित संरचना हटाउन सुरु
काठमाडौं । भरतपुर महानगरपालिकाले पुङ्गी खोला मिचेर बनाइएका संरचना भत्काउन थालेको छ । नारायणगढको लायन्सचोकदेखि प्रहरी तालिम केन्द्रसम्मका संरचना भत्काउन...