एएफसीद्वारा डिआइजी सर्वेन्द्र खनाल र डिएसपी सुदिपराज पाठक सम्मानित
काठमाडौं, २७ असोज । एसियन फुटबल कन्फिडरेशनले एएफसीले नेपाल प्रहरी, महानगरीय अपराध अनुसन्धान महाशाखालाई सम्मान गरेको छ । फुटबल म्याच फिक्सिङको अनुसन्धानमा अतुलनीय सहयोग पुर्याएको भन्दै एएफसीले नेपाल प्रहरी, महानगरीय अपराध अनुसन्धान महाशाखालाई शुक्रबार एक समारोहकाबिच सम्मान गरेको हो । नेपाल प्रहरीका डिआजी सर्वेन्द्र खनाल र डिएसपी सुदिपराज पाठकलाई एफसीका महासचिव डाटो विन्डसोर जोनले एएफसी भवनमा निम्त्याएर सम्मान प्रधान गरेको एएफसीले जनाएको छ ।
नेपाल प्रहरीको अनुसन्धानमा म्याच फिक्सिङमा संलग्न भएको पाएइपछि सन् २०१५ को डिसेम्बरमा एएफसीको सदाचार र अनुशासन समितिले चारजना नेपाली फुटबल खेलाडी र एक अधिकारीलाई आजिवन प्रतिबन्धको घोषणा गरेको थियो । अधिकारी अन्जन केसी र चार खेलाडीहरु विकास क्षेत्री, सन्दिप राई, रितेश थापा र सागर थापा फुलबलको नियम धमिल्याउँदै म्याच फिक्सिङमा संलग्न रहेको पाइएको थियो । म्याच फिक्सिङको अनुसन्धान महानगरीय अपराध अनुसन्धान महाशाखाका तात्कालीन प्रमुख एसएसपी सवेन्द्र खनालले (हाल डिआइजी) गरेका थिए । इन्सपेक्टरका रुपमा रहेका सुदिपराज पाठक (हाल डिएसपी) अनुसन्धान अफिसरको रुपमा अहंम भूमिका निभाएका थिए । औपचारीक कार्यक्रममा नेपाल पुलिसलाई धन्यावाद दिदैं जोनले भने, ‘नेपाल पुलिससँगको सहकार्य र यसको नतिजाले एशियन फुटबल जगतलाई अनुशासित राख्न ठूलो कोशेढुंगाको काम गरेको छ ।’
Comments
अरु समाचार
-
ला लिगाको उपाधि रियल मड्रिडको पोल्टामा
काठमाडौं । रियल मड्रिडले ३६औं पटक स्पानिस ला लिगाको उपाधि जितेको छ । ला लिगामा दोस्रो स्थानको बार्सिलोना शनिबार राति...
-
वेस्ट इन्डिज ‘ए’ माथि नेपालको ६ विकेटको जीत
काठमाडौं । ओपनर आसिफ शेख र अनिल साहको अर्धशतकप्रेरित नेपालले ट्वान्टी–२० शृंखलाको अन्तिम खेलमा वेस्ट इन्डिज ‘ए’विरुद्ध ६ विकेटको सहज...
-
आईपीएल: शीर्ष स्थानको राजस्थानमाथि हैदरावादको १ रनको सनसनीपूर्ण जित
काठमाडौं। इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा शीर्ष स्थानको राजस्थान रोयर्ल्समाथि सनराइजर्स हैदरावादले १ रनको सनसनीपूर्ण जित निकालेको...
-
वेस्टइन्डिज ‘ए’ले जित्यो टस, नेपालले पायो फिल्डिङको निम्तो
काठमाडौं । वेस्ट इन्डिज ‘ए’ सँगको चौथो खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ । बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा...
-
टी-२० सिरिज अन्तर्गत नेपालले आज वेस्टइन्डिजसँग चौंथो खेल खेल्दै
काठमाडौं । वेस्टइन्डिज ए सँगको टी-२० सिरिजअन्तर्गत नेपालले आज चौंथो खेल खेल्दैछ । खेल दिउँसो १२ स् १५ मा त्रिवि...
-
आइपीएलः पञ्जाबले चेन्नईमाथि ७ विकेटको सहज जित हात हात पार्यो
काठमाडौं । पञ्जाब सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ को ४९ औं खेलमा चेन्नई सुपर किंग्समाथि ७ विकेटको सहज...
-
राेहितकाे कप्तानीमा टी–२० विश्वकप खेल्ने नेपाली टाेलीकाे घाेषणा
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले विश्वकप खेल्ने नेपाली टोलीको घोषणा गरेको छ । बुधबार क्यानले टिमको घोषणा गरेको हो ।...
-
वेस्ट इन्डिज ‘ए’द्वारा नेपालसामु २२८ रनको लक्ष्य
काठमाडौं । टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ले नेपालसामु जितका लागि दुई सय २८ रनको लक्ष्य प्रस्तुत गरेको छ...
-
टस हारेर फिल्डिङ गर्दै नेपाल, दीपेन्द्र सिंहको कप्तानी
काठमाडाैं। पाँच खेलको टी–२० श्रृङ्खला अन्तर्गत आज नेपाल र वेस्ट इन्डिज ‘ए’ बीच तेस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ले टस जितेर...