ताजा समाचार

यु–१९ एसिया कप फुटबल छनौटमा नेपाल आज किर्गिस्तानसँग भिड्दै

काठमाडौं, १४ कात्तिक । १९ वर्षमुनिको एसिया कप फुटबलको छनौटमा नेपालले आज किर्गिस्तानसँग खेल्दैछ । खेल बिहान पौने १२ बजे किर्गिस्तानमा हुनेछ । अर्पण कार्की कप्तान रहेको टोलीमा गएको महिना भुटानमा भएको १८ वर्षमुनिको साफ च्याम्पियनसिपको उपाधि जित्ने अधिकांश खेलाडी समावेश छन् ।

यस्तै नेपालले १६ गते बहराइनसँग, २२ गते ओमनसँग खेल्नेछ । यस्तै १० वटा समूहबाट विजेता र उत्कृष्ट ६ उपविजेता इन्डोनेशियामा हुने १९ वर्षमुनिको एसिया कपमा छनौट हुने छन् । नेपाली टोलीका प्रशिक्षक छिरिङ लोप्साङले तयारी राम्रो रहेकाले नतिजा आफूहरुको पक्षमा आउनेमा आशावादी रहेको बताएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org