बलाधिकृत रथी पूर्णचन्द्र थापा भावी प्रधानसेनापति बन्ने निश्चित
काठमाडौं, २१ कात्तिक । नेपाली सेनाको आगामी प्रधानसेनापति पूर्णचन्द्र थापा हुने निश्चित भएको छ । जंगी अड्डाको दोस्रो वरीयतामा रहेका बलाधिकृत रथी (लेफटनेन्ट जनरल) बलदेवराज महतको अवकाशसँगै बलाध्यक्ष रथी थापा नेतृत्व ‘ट्रयाक’का एकल धावक बनेका हुन् । महतले १६ कात्तिकदेखि ५८ वर्ष उमेर हदले अनिवार्य अवकाश पाएपछि तेस्रो मर्यादामा रहेका थापा दोस्रो मर्यादामा उक्लेका हुन् ।
सामान्य अवस्था र उमेर रहँदासम्म यो पदावधि थप्ने प्रचलनअनुरूप नै थापाको म्याद थप भएको थियो । महत र थापा दुवैको दोस्रोपटक म्याद थप भएको भए पनि महत उमेर हदले सेवानिवृत्त भएपछि थापा प्रधानसेनापति दौडमा एकल देखिएका हुन् ।
जंगी अड्डाको मर्यादाक्रममा प्रधानसेनापति क्षत्रीको अवकाशपछि प्रधानसेनापति हुने लाइनमा थापा छन् भने थापाको स्थानमा युद्ध कार्य महानिर्देशक प्रमुख उपरथी हेमन्त कुँवरको नाम सिफारिस छ । कुँवरको ठाउँमा सहायक रथी झंकरबहादुर कडायत बढुवा हुनेछन् । यसबारे मन्त्रिपरिषद्ले निर्णय लिनेछ ।
प्रधानसेनापति राजेन्द्र क्षत्रीको कार्यकाल आगामी वर्षको २४ भदौसम्म छ । थापाको म्याद थप भएको अवधि २०७५ असोज १५ सम्म रहेकाले पनि थापा निर्विकल्प भावी प्रधानसेनापति देखिएका हुन् । पुष्पकमल दाहाल नेतृत्व सरकारकै पालामा रथी थापाको प्रधानसेनापति बन्ने बाटो स्पष्ट भएको थियो ।
उनको पदावधि ०७४ असोजमा सकिने थियो । तर, उमेर बाँकी रहेकाले दाहाल नेतृत्व सरकारले एकवर्षे पदावधि थप गरेर नै उनलाई भावी प्रधानसेनापतिका लागि अघि बढाएको थियो । उनीसँगै बलाधिकृत महतको पनि पदावधि थपिए पनि ५८ वर्ष उमेरका कारण उनी सेवानिवृत्त भएका हुन् । उमेर नपुगेका रथीको पदावधि थप गर्न सकिने व्यवस्था सैनिक ऐनमा रहेकाले नै यसरी म्याद थप हुने गर्छ ।
Comments
अरु समाचार
-
यसरी मनाइँदैछ विश्व पर्यटन दिवस
काठमाडौँ, ११ असोजः आज सेप्टेम्बर २७ अर्थात् ४५औँ विश्व पर्यटन दिवस नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । दिवसलाई...
-
शुक्रबार र शनिबार हिमाली तथा पहाडी जिल्लामा रात्रिबस नचलाउन विपद् प्राधिकरणको आग्रह
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम तथा न्यूनीकरण प्राधिकरणले आगामी चार दिन भारी वर्षाको सम्भावना रहेकाले उच्च जोखिम रहेका हिमाली र...
-
एकसय ५९ अधिवक्तालाई ‘वरिष्ठ अधिवक्ता’को उपाधि दिइने
काठमाडौँ। सर्वोच्च अदालतले एकसय ५९ अधिवक्ताहरुलाई वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गर्ने निर्णय गरेको छ । सर्वोच्च अदालतको पूर्ण बैठक (फूल...
-
भैरहवा भन्सारबाट व्यापक राजस्व छली
काठमाडौं । भैरहवा भन्सार जस्तो देशको दोस्रो ठुलो भन्सार कार्यालयमा विगतमा रसुवा र मेची भन्सार कार्यालय बस्दा धेरै राजस्व चुहावट...
-
उपनिर्वाचनका लागि मंसिर २ गते मनोनयन दर्ताको समय
काठमाडौं । स्थानीय तह उपनिर्वाचनका लागि आगामी मङ्सिर २ गते उम्मेदवारी दर्ता हुने भएको छ । निर्वाचन आयोगले बिहीबार प्रेस...
-
सभापति पक्राउ पर्ने सम्भावना बढेको भन्दै चीन गएको रास्वपाको टोली स्वदेश फर्कियो
काठमाडौं । पहिलो पटक चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा चीन भ्रमणमा गएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को टोली बिहिबार काठमाडौँ...
-
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, एक जना घाइते
काठमाडौं । बाँकेमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ, भने अर्का एक जना घाइते भएका छन् । राप्तीसोनारी...
-
भरतपुर महानगरपालिकाद्वारा अतिक्रमित संरचना हटाउन सुरु
काठमाडौं । भरतपुर महानगरपालिकाले पुङ्गी खोला मिचेर बनाइएका संरचना भत्काउन थालेको छ । नारायणगढको लायन्सचोकदेखि प्रहरी तालिम केन्द्रसम्मका संरचना भत्काउन...
-
लुम्बिनी प्रदेश सरकारले विश्व पर्यटन दिवस दाङमा मनाउने
काठमाडौं । लुम्बिनी प्रदेश सरकार, उद्योग पर्यटन तथा यातायात मन्त्रालय पर्यटन विकास परिषद् र घोराही उपमहानगरपालिकाको संयुक्त आयोजनामा यही असोज...