लमजुङमा सिसिटिभीको निगरानीमा मतपेटिका सुरक्षा
लमजुङ, ५ मंसिर । आसन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका मतपेटिकाको सुरक्षा सिसिटिभीको निगरानीमा गरिने भएको छ । निर्वाचनको परिणाम घोषणा नहुँदासम्म सुरक्षा व्यवस्था सिसिटिभीको निगरानीमा गरिने सम्बन्धीत अधिकारीहरुले बताउनुभएको छ ।
मंसिर १० गते हुने पहिलो चरणको निर्वाचनको मतगणना दोस्रो चरणको निर्वाचन पछिनै गरिने बताइएको छ। सो अवधिमा मतपेटिकाको सुरक्षा र मतगणनाको समयमा सिसिटिभीकोप्रयोग गरिने क्षेत्रीय प्रशासक लक्ष्मण अर्यालले जानकारी दिनुभयो । लमजुङमा राजनीतिक दल तथा सञ्चारकर्मीसँग छलफल गर्दै निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौडेलले शान्त, मर्यादित र भयमुक्त वातावरणमा निर्वाचन सम्पन्न गराउन सबैको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । निर्वाचन आयुक्त पौडेलले मतदातालाई धम्काएर, तर्साएरभन्दा पनि मन जितेर मत माग्न दलहरुलाई आग्रह गर्नुभयो ।
जिल्लाको निर्वाचन अवस्था र सुरक्षाबारे जानकारी लिन आयुक्त र क्षेत्रीय प्रशासकसँगै नेपाली सेनाका पृतनापति देवेन्द्रबहादुर मेधासी, नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक कमलसिंह बम लगायतको टोली लमजुङ आएको थियो । सुरक्षा अधिकारीहरुले राजनीतिक दललाई रातिको समयमा कार्यक्रम नगर्न सुझाव दिएको छ । साथै सुरक्षामा शंका लागेमा प्रशासनलाई जानकारी दिनसमेत आग्रह गरेको छ । रासस
Comments
अरु समाचार
-
एमाले महाधिवेशनः अध्यक्षमा ओली र महासचिवमा पोख्रेल विजयी !
काठमाडाैं । नेकपा (एमाले)को अध्यक्षमा केपी शर्मा ओली लगातार तेस्रोपटक विजयी भएका छन् । भने शंकर पाेखरेल दाेस्राे पटक महासिचव...
-
एमाले महाधिवेशनः अध्यक्षमा ओली धेरै अघि, शंकरलाई सुरेन्द्रकाे कडा टक्कर !
काठमाडाैं । नेकपा एमालेको आगामी नेतृत्वका लागि भएको निर्वाचको पछिल्लो मत परिणामा अनुसार केपी ओली नेतृत्वको प्यानलले अग्रता कामय गरेको...
-
मधेसका मुख्यमन्त्रीले शुक्रबार विश्वासको मत लिने !
काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशसभाबाट विश्वासको मत भोलि शुक्रबार लिने भएका छन्। मुख्यमन्त्री यादवले मधेस प्रदेशसभामा विश्वासको...
-
सचिवमा महेश बस्नेत सबैभन्दा अगाडि, त्यसपछि पद्माकुमारी !
काठमाडाैं । नेकपा (एमाले)को ११औँ महाधिवेशनबाट नेतृत्व चयनको लागि भएको निर्वाचनको मतगणना जारी छ । भृकुटीमण्डपमा जारी मतगणना अहिलेसम्म सचिव...
-
एमाले महाधिवेशनः शंकरले ६१३ मत पाउँदा, सुरेन्द्रकाे कति ?
काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा महासचिवमा प्रतिस्पर्धा देखिएको छ । निर्वाचन आयोगले घोषणा गरेको पछिल्लो...
-
एमाले महाधिवेशनः महासचिवमा शंकर र सुरेन्द्रबीच कडा टक्कर !
काठमाडाैं । नेकपा (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनबाट छानिने महासचिवमा कडा चुनावी प्रतिस्पर्धा देखिएको छ । शंकर पोखरेल र सुरेन्द्र पाण्डे...
-
अध्यक्षमा ओली ईश्वरभन्दा तेब्बर मतले अगाडि
काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशनमा मतगणना भइरहेको छ । अहिलेसम्म गणना भएअनुसार अध्यक्ष पदमा केपी शर्मा ओली अगाडि छन्...
-
महासचिवमा शंकर पोखरेलको प्रारम्भिक अग्रता
काठमाडौं । नेकपा एमालेको नेतृत्व चयनका लागि भएको मतदानको प्रारम्भिक परिणाम आएको छ । निर्वाचन आयोगले २२३ मत गणना गरेर प्रारम्भिक...
-
एमालेको प्रारम्भिक मत परिणमः पदाधिकारीमा कसले कति मत पाए ?
काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ । प्रारम्भिक मतगणनामा अध्यक्ष सहित पदाधिकारीमा केपी...












