डडेल्धुरामा निर्वाचित प्रतिनिधिद्वारा नै तालाबन्दी
डडेल्धुरा, ५ मंसिर । डडेल्धुराको अमरगढी नगरपालिका र भागेश्वर गाउँपालिकाको कार्यालयमा निर्वाचित जनप्रतिनिधिले नै तालाबन्दी गरेका छन् । अमरगढी नगरपालिका डडेल्धुराको कार्यालयमा पाँच वडाका वडाध्यक्षले पाँच दिन अघि तालाबन्दी गरेका हुन् भने भागेश्वर गाउँपालिमा सोमबार तालावन्दी गरिएको छ ।
कुल ११ वडा रहेको अमरगढी नगरपालिकाका पाँच जना वडाध्यक्ष र आठ जना कार्यपालिका सदस्यले विभिन्न माग राखी नगरपालिकाको प्रमुखको कार्यकक्ष, लेखा शाखा र कार्यकारी अधिकृतको कार्यालयमा तालबन्दी गरेका हुन् । त्यस्तै भागेश्वर गाउँपालिकामा पाँच वडाध्यक्ष र गाउँपालिका सदस्यले सदरमुकाम र अन्य माग राखी तालाबन्दी गरेको बुझिएको छ ।
नगरवडाको वडा कार्यालयको स्थापना गरिनुपर्ने, अमरगढी नगरपालिकाको निर्माणाधीन भवन मापदण्ड विपरीत निर्माण भइरहेको र सो कार्य रोकिनपर्ने माग राखी तालाबन्दी गरिएको वडा नं ६ का अध्यक्ष गोविन्द भट्टले बताउनुभयो । आचारसंहिता लागू भएका समयमा नगरप्रमुखको एकल निर्णयमा मेयर कपको भलिबल खेलका लागि रु एक लाख ७५ हजार दिएको, ऐन कानून नबनाइकनै कार्यक्रम सञ्चालन गरिरहेकोलगायतका विषयलाई लिएर तालाबन्दी गर्नुपरेको अमरगढी नगरपालिका–३ का वडाध्यक्ष गोविन्द बोहराले जानकारी दिनुभयो ।
त्यस्तै कुनै जानकारी नदिई, गाउँपालिकाको बैठकमा छलफल नै नगरी राजनीतिक पूर्वाग्राही ढंगले गाउँपालिकामा तालाबन्दी गर्नुको अर्थ नहुने भागेश्वर गाउँपालिका प्रमुख कौशिला भट्टले बताउनुभयो । नगरपालिकामा काँग्रेसबाट चुनाव जितेका जनप्रतिनिधिले ताला लगाएका हुन् भने भागेश्वर गाउँपालिकामा एमालेबाट चुनाव जितेका वडाध्यक्षले ताला लगाएका छन् ।
नगरपालिकामा एमालेले प्रमुख र उपप्रमुख जितेको भए पनि वडा र कार्यपालिकामा काँग्रेसको बहुमत छ । भागेश्वर गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा काँग्रेसले जितेको भए पनि गाउँ कार्यपालिकामा एमालेको बहुमत छ । रासस
Comments
अरु समाचार
-
एमाले महाधिवेशनः अध्यक्षमा ओली र महासचिवमा पोख्रेल विजयी !
काठमाडाैं । नेकपा (एमाले)को अध्यक्षमा केपी शर्मा ओली लगातार तेस्रोपटक विजयी भएका छन् । भने शंकर पाेखरेल दाेस्राे पटक महासिचव...
-
एमाले महाधिवेशनः अध्यक्षमा ओली धेरै अघि, शंकरलाई सुरेन्द्रकाे कडा टक्कर !
काठमाडाैं । नेकपा एमालेको आगामी नेतृत्वका लागि भएको निर्वाचको पछिल्लो मत परिणामा अनुसार केपी ओली नेतृत्वको प्यानलले अग्रता कामय गरेको...
-
मधेसका मुख्यमन्त्रीले शुक्रबार विश्वासको मत लिने !
काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशसभाबाट विश्वासको मत भोलि शुक्रबार लिने भएका छन्। मुख्यमन्त्री यादवले मधेस प्रदेशसभामा विश्वासको...
-
सचिवमा महेश बस्नेत सबैभन्दा अगाडि, त्यसपछि पद्माकुमारी !
काठमाडाैं । नेकपा (एमाले)को ११औँ महाधिवेशनबाट नेतृत्व चयनको लागि भएको निर्वाचनको मतगणना जारी छ । भृकुटीमण्डपमा जारी मतगणना अहिलेसम्म सचिव...
-
एमाले महाधिवेशनः शंकरले ६१३ मत पाउँदा, सुरेन्द्रकाे कति ?
काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा महासचिवमा प्रतिस्पर्धा देखिएको छ । निर्वाचन आयोगले घोषणा गरेको पछिल्लो...
-
एमाले महाधिवेशनः महासचिवमा शंकर र सुरेन्द्रबीच कडा टक्कर !
काठमाडाैं । नेकपा (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनबाट छानिने महासचिवमा कडा चुनावी प्रतिस्पर्धा देखिएको छ । शंकर पोखरेल र सुरेन्द्र पाण्डे...
-
अध्यक्षमा ओली ईश्वरभन्दा तेब्बर मतले अगाडि
काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशनमा मतगणना भइरहेको छ । अहिलेसम्म गणना भएअनुसार अध्यक्ष पदमा केपी शर्मा ओली अगाडि छन्...
-
महासचिवमा शंकर पोखरेलको प्रारम्भिक अग्रता
काठमाडौं । नेकपा एमालेको नेतृत्व चयनका लागि भएको मतदानको प्रारम्भिक परिणाम आएको छ । निर्वाचन आयोगले २२३ मत गणना गरेर प्रारम्भिक...
-
एमालेको प्रारम्भिक मत परिणमः पदाधिकारीमा कसले कति मत पाए ?
काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ । प्रारम्भिक मतगणनामा अध्यक्ष सहित पदाधिकारीमा केपी...












