ताजा समाचार

भारतीय क्रिकेट टिमका खेलाडीलाई नुहाउने समय दुई मिनेट मात्रै

काठमाडौं, २० पुस । भारतीय क्रिकेट टिमका खेलाडीलाई नुहाउनको लागि दुई मिनेटको मात्रै समय दिईएको छ । दक्षिण अफ्रिकासँगको भ्रमणमा रहेको भारतीय क्रिकेट टिमका खेलाडीलाई नुहाउनको लागि २ मिनेटको मात्रै समय दिईएको समाचार आईरहेको छ ।

इन्डियन एक्सप्रेसमा आएको समाचार अनुसार भारतीय टोलीका खेलाडीलाई नुहाउने समय केवल दुई मिनेट मात्रै दिइएको हो । यो भारतीय टोलीको अभ्यास वा अन्य कारणले होइन, केपटाउनमा देखिएको सुख्खाको कारणले गर्दा हो । पछिल्लो समय केपटाउनमा पानीको चरम अभाव देखिएको छ ।

सिटी काउन्सिल नै आधिकारिक निर्देशन दिँदै दुई मिनेट नुहाउन आग्रह गरेको छ । काउन्सिलले एक जनालाई दैनिक ८७ लिटर पानी उपलब्ध गराउन इजाजत दिएको छ । केपटाउनमा पानीको समस्या बढ्दै गएका कारण यो समस्या पिचमा पनि देखिने भएको छ ।

पिच सुख्खा हुनाले भनेजस्तो खेल नहुने होकी भन्ने पनि चिन्ता देखिएको छ । दक्षिण अफ्रिका र भारतको बीचमा पहिलो टेस्ट म्याच जनवरी ५ मा हुनेछ । दुवैले तीन टेस्ट, ६ वान डे र तीन टी २० म्याच खेल्नेछन् ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org