ताजा समाचार

विदेशमा कमाएको ६ लाख बोकेर श्रीमती बेपत्ता भएपछि…

पाँचथर, १९ माघ । पाँचथरमा ६ लाख रुपैयाँ लगेर श्रीमती वेपत्ता भएकी छन् । फिदिम नगरपालिका–५, चोकमागुकी २६ वर्षिया ‘सुस्मिता’ भनिने कमला तुम्बापो ६ लाख रुपैंयाँ लिएर बेपत्ता भएकी हुन् ।

श्रीमान कुबेर तुम्बापोले वैदेशिक रोजगारीको शिलशिलामा केही वर्ष मलेशिया बसेर स्वदेश फर्कि मजदुरीको लागि आफू पोखरा रहेको बेला श्रीमती पैसा लगेर वेपत्ता भएकी उनले बताए ।

उनी फिदिम–२, स्थित साम्दिन घुम्ति बजार जान्छु भनेर घरबाट निस्केको तर फर्केर नआएको पारिवारले उनले बताए । उनीहरुका एक छोरा र एक छोरी रहेका छन् । उनले बेपत्ता श्रीमतिको खोजि गरिदिन जिल्ला प्रहरी कार्यालयमा निबेदन दिएका छन् ।

 

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org