ताजा समाचार

पहिलो खेलमा नामिवियालाई पराजित गरेको नेपाल आज दोस्रो खेलमा ओमानसँग भिड्दै

काठमाडौं, २६ माघ । नेपालले आज आफ्नो दोस्रो खेलमा ओमानको सामना गर्दैछ । आइसीसी विश्व क्रिकेट लिग डिभिजन टूको दोस्रो खेलमा नेपालले आज ओमानको सामन गर्न लागेको हो । बिहीबार नामिविया विरुद्ध खेलेको मैदान एफिज पार्कमा नेपालले दिउँसो सवा १ बजेबाट ओमान विरुद्ध प्रतिस्पर्धा गर्नेछ ।

नेपाल र ओमान २००७ देखि एक अर्काका प्रतिद्वन्दी रहदै आएका छन । २००७ मा भएको एसीसी ट्रफिमा नेपालले ओमानलाई २ रनले हराएको थियो । तर त्यसको बदला ओमानले २००९ को एसीसी ट्रफिमा लिएका थियो । सो बेला नेपाल ओमानसँग १२ रनले हारेको थियो ।

२०११ को एसीसी ट्रफिमा पनि नेपाल ओमानसँग २ रनले हारेको थियो । २०१३ मा बर्मुडामा भएको आइसीसी विश्वकप क्रिकेट लिग डिभिजन ३ मा नेपाल च्याम्पियन बन्दा समूह चरणमा ओमानलाई हराएको थियो । यतिबेला ओमान डिभिजन ३ को च्याम्पियन बन्दै डिभिजन २ मा उक्लिएको हो भने नेपाल डिभिजन १ बाट झरेको हो ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org