नेपाल आज युएईविरुद्ध मैदान उत्रँदै, आजको खेल जित्नैपर्ने
काठमाडौं, २८ माघ । आईसीसी विश्व क्रिकेट लिग डिभिजन टु क्रिकेटमा नेपालले आज युएईको सामना गर्दैछ । नामिवियामा जारी प्रतियोगितामा एक खेलमा जित र एकमा हार व्यहोरेको नेपालले आज बलियो टोली युएईको सामना गर्न लागेको हो ।
विन्डहुकस्थित अफिस पार्कमा नेपाल र युएईबीचको खेल नेपाली समयअनुसार दिउँसो सवा १ बजे सुरु हुनेछ । युएईविरुद्ध मैदान उत्रँदा नेपाल दोस्रो जितको खोजीमा रहनेछ । तर, युएईको चुनौती पन्छाउन नेपाललाई कठिन हुने देखिन्छ । किनकी पछिल्लो समय नेपाल युएईसँग स्तब्ध हुँदै आएको छ ।
पछिल्लो तीन खेलमा नेपाल युएईसँग लगातार हारेको छ । सन् २०१४ देखि अहिलेसम्म युएईसँग नेपालले तीन खेल खेलेको छ । सन् २०१४ मा सम्पन्न आईसीसी क्रिकेट विश्वकप छनोटमा नेपाल युएईसँग १०२ रनले पराजित भएको छ । त्यस्तै, आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको अन्तिम तथा सातौं राउण्डमा पनि नेपाल दुबै खेलमा युएईसँग हारेको छ ।
यता, नेपाललाई डिभिजन टु शीर्ष स्थानमा रहँदै विश्वकप छनोट यात्रा तय गर्न युएईविरुद्ध जित निकाल्नैपर्ने हुन्छ । डिभिजन टु को बिजेता र उपविजेताले विश्वकप छनोटमा स्थान बनाउनेछ । ६ राष्ट्र सम्मलित डिभिजन टु मा नेपाल २ अंक जोडेर तेस्रो स्थानमा छ ।
समान २ अंक जोडेको युएई दोस्रो स्थानमा रहदा ४ अंक जोडेको क्यानडा शीर्ष स्थानमा छ । पहिलो खेलमा नामिवियालाई १ विकेटले हराएको नेपालले दोस्रो खेलमा ओमानसँग ६ विकेटको हार बेहोरेको थियो ।
Comments
अरु समाचार
-
एएफसी यु–२० एसियन कप छनोटको तेस्रो खेलमा उज्वेकिस्तानसँग नेपालको लज्जास्पद हार
काठमाडौं । नेपालले एएफसी यु–२० एसियन कप छनोटको तेस्रो खेलमा उज्वेकिस्तानसँग लज्जास्पद हार खेपेको छ । चाइनिज ताइपेईमा जारी छनोटअन्तर्गत...
-
आइसिसी विश्वकप क्रिकेट : नेपाल क्यानडासँग पाँच विकेटले पराजित
काठमाडौँ, ७ असोजः क्यानडामा जारी आइसिसी विश्वकप क्रिकेट लिग दुईको आफ्नो तेस्रो खेलमा पनि नेपाल पराजित भएको छ । क्यानडाको...
-
विश्वकप लिग–२: आज नेपाल र क्यानडा भिड्दै
काठमाडौं । क्यानडामा जारि विश्वकप लिग–२ अन्तर्गतका सुरुवाति दुई खेलका नतिजा आफ्नो पक्षमा पार्न असफल नेपाली क्रिकेट टोलीले आज चिरपचिरचित...
-
फिफाको पछिल्लो वरीयतामा नेपाल एक स्थान तल झर्यो
काठमाडौं । फिफाको पछिल्लो वरीयतामा नेपाल एक स्थान तल झरेको छ । फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल १७६औँ...
-
आईसीसी विश्वकप लिग–२ : नेपाल ओमनसँग पराजित
काठमाडौं । आईसीसी विश्वकप लिग–२ प्रतियोगितामा नेपाल ओमनसँग एक विकेटले पराजित भएको छ । नेपालले दिएको दुई सय २० रनको...
-
विश्वकप लिग-२: नेपालले आज चिरपरिचित प्रतिद्वन्दी ओमानसँग प्रतिस्पर्धा गर्दै
काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग दुईअन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खलाको आफ्नो दोस्रो खेलमा नेपालले आज ओमानसँग प्रतिस्पर्धा गर्दैछ । क्यानडाको...
-
कमजोर ब्याटिङका कारण पहिलोपटक ओडीआईमा क्यानडासँग नेपालको हार
काठमाडौं । नेपाल आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिजमा घरेलु टोली क्यानडासँग खराब ब्याटिङ गर्दै १०३ रनले पराजित भएको छ ।...
-
विश्वकप लिग–२ मा नेपालले आज घरेलु टोली क्यानडासँग प्रतिस्पर्धा गर्दै
काठमाडौं । आईसिसि विश्वकप लिग–२ मा नेपालले आज घरेलु टोली क्यानडासँग प्रतिस्पर्धा गर्दै छ । लिग–२ अन्तरगतको पहिलो खेल आज...
-
अस्ट्रेलियाविरुद्धको दोस्रो टी-२० प्रतिस्पर्धामा इंग्ल्यान्डलाई ३ विकेटको जित
इंग्ल्यान्ड । लियाम लिभिङस्टोनले आफ्नो ५० औं टी-२० अन्तर्राष्ट्रिय खेललाई यादगार बनाउँदै ब्याटिङ गरेपछि इंग्ल्यान्डले अस्ट्रेलियाविरुद्धको दोस्रो टी-२० प्रतिस्पर्धामा ३...