दानका भरमा संस्कृत विद्यालय
बागलुङ, २० फागुन । बागलुङ नगरपालिका–४ कुँडुलेस्थित मुक्तिनाथ वेद विद्याश्रम संस्कृत मावि दानका भरमा चलेको छ ।
धार्मिक विद्यालयका नाममा आउने न्यून सरकारी अनुदानले विद्यालयको खर्च धानिने अवस्था छैन । विद्यालयमा १८ जिल्लाका ७० विद्यार्थीले आवसीय सुविधासहित निःशुल्क पढ्न पाएका छन् । भोजनमा मात्र दैनिक रु पाँच हजार खर्च लाग्ने विद्यालय दानदाताकै सहयोगमा चलेको प्रअ शान्ति ज्ञवालीले बताउनुभयो ।
“व्यक्ति र संघसंस्थाले दिने दान र सहायताकै भरमा विद्यालय धानिएको छ”, उहाँले भन्नुभयो, “विद्यालयप्रति सबैको सद्भाव र सहानुभूति छ ।” पितृकार्य, जन्मदिन र विभिन्न धार्मिक कार्यका अवसरमा दाताले विद्यालयलाई सहयोग गरेका छन् । प्रअ ज्ञवालीका अनुसार ५० भन्दा बढी स्थानीयवासीले दैनिक मुष्ठीदान गर्दै आएका छन् । “दिनको रु तीन मन्दिरलाई दान गर्नुहुन्छ, जसबाट वार्षिक रु एक हजार २६० हुन्छ”, उहाँले भन्नुभयो ।
“खर्च धान्न धौ धौ हुँदा मागेर पनि चलाउने गरिएको विद्यालयका व्यवस्थापक स्वामी ऋषि प्रपन्नाचार्यले बताउनुभयो । तीर्थयात्रीबाट पनि विद्यालयमा दान प्राप्त हुने गरेको उहाँको भनाइ छ । दाताकै सहयोगमा विद्यालयको भौतिक संरचना फेरिएको छ । विद्यालय भवन निर्माणमा जिल्ला शिक्षा कार्यालयले पनि अनुदान उपलब्ध गराएको छ ।
विद्यालयमा दुई दुई स्थायी र राहत दरबन्दीका शिक्षक छन् । दुई शिक्षक भने स्थानीय स्रोतबाट राखिएको प्रअ ज्ञवालीले जानकारी दिनुभयो । विसं २०४२ मा स्थापित विद्यालय २०७० सालसम्म गुरुकुल प्रणालीमै सञ्चालित थियो । विसं २०७१ मा जिल्ला शिक्षा कार्यालयबाट कक्षा ६ को अनुमति लिई संस्कृतसँगै अन्य आधुनिक विषयको पठनपाठन शुरु गरिएको हो । अहिले कक्षा ९ सम्म पढाइ भइरहेको र कक्षा १० को अनुमतिका लागि प्रक्रिया अघि बढेको जनाइएको छ ।
कक्षा १२ सञ्चालन गर्ने योजना रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सहदेव राजभण्डारीले बताउनुभयो । “दाताहरुकै सहयोगमा विद्यालय सञ्चालित छ”, उहाँले भन्नुभयो, “दैनिक भोजन, विद्यार्थीको पोशाक र आवासमा ठूलो खर्च छ ।” राजभण्डारी आफँैले पनि विद्यालयमा रु पाँच लाखको अक्षयकोष खडा गर्नुभएको छ । विद्यालयको दिगो विकासका लागि सरकारले ध्यान दिनुपर्ने उहाँको भनाइ छ । विद्यालयमा संस्कृततर्फ वेद, व्याकरण, कर्मकाण्ड र संस्कृत भाषा तथा आधुनिकतर्फ नेपाली, अंग्रेजी, गणित र सामाजिक विषयको पढाइ हुने गरेको छ ।
सो विद्यालयमा पढेका अधिकांश विद्यार्थी संस्कृत विषयमा उपल्लो तहको अध्ययनका लागि भारत जाने गरेका छन् । कुँडुलेमै जन्मनुभएका स्वामी श्रीधराचार्यले स्थापना गरेको विद्यालयले वैदिक धर्म र संस्कृतिको उन्नयनमा टेवा पु¥याउँदै आएको छ । विद्यालय परिसरमा प्रसिद्ध श्रीरंगवेंकटेश मुक्तिनारायणको मन्दिरसमेत छ । (रासस)
Comments
अरु समाचार
-
एएफसी यु–२० एसियन कप छनोटको तेस्रो खेलमा उज्वेकिस्तानसँग नेपालको लज्जास्पद हार
काठमाडौं । नेपालले एएफसी यु–२० एसियन कप छनोटको तेस्रो खेलमा उज्वेकिस्तानसँग लज्जास्पद हार खेपेको छ । चाइनिज ताइपेईमा जारी छनोटअन्तर्गत...
-
अध्यागमनको छवि सुधार गर्न आवश्यक छ: गृहमन्त्री लेखक
काठमाडौं । गृहमन्त्री रमेश लेखकले अध्यागमन कार्यालयले आफ्नो छवि सुधार गर्न आवश्यक रहेको बताएका छन् । अध्यागमन कार्यालयका बारेमा नकरात्मक...
-
बङ्गलादेशले लगायो पोलिथिन झोला प्रयोगमा प्रतिबन्ध
काठमाडौं । बङ्गलादेशका सबै सुपरमार्केटमा प्लाष्टिक (पोलिथिन एण्ड पोलिप्रोपाइलिन ब्याग) झोला राख्न प्रतिबन्ध लगाइएको छ । यो निर्णय अक्टोबर १...
-
प्रधानमन्त्रीविरुद्ध सामाजिक सञ्जालमा भइरहेका गतिविधि देशहित विपरीत छन्ः महासचिव पोखरेल
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओली विदेशमा रहेका बेला प्रधानमन्त्री विरुद्ध सामाजिक सञ्जालमार्फत...
-
पोखरीमा डुबेर बेपत्ता भएकी बालिकाको शव फेला
काठामाडौं । धनुषाको धनुषा धाममा रहेको पोखरीमा डुबेर बेपत्ता भएकी बालिकाको शव आज बिहान फेला परेको छ । धनुषाधाम नगरपालिका...
-
घमेश दुलालले ल्याए खर्च दशैंलाई (भिडियो)
काठमाडाैं । चर्चित गायक घमेश दुलालले 'खर्च दशैंलाई' बोलको गितको म्यूजिक भिडियो सार्वजनिक गरेका छन् । गायक दुलालले आफ्नै युट्युब...
-
दाङमा चट्याङ लागेर एकको मृत्यु, दुईजना घाइते
काठमाडौं । दाङमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । घोराही उपमहानगरपालिका–११ खुङकोटका निमकली साहुको...
-
मन्त्री राणा र अमेरिकी उपमन्त्री वासबीच भेटवार्ता
काठमाडौं । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन आएकी परराष्ट्रमन्त्री डा.आरजु राणा देउवासँग अमेरिकाका राजनीतिक मामिलासम्बन्धी कार्यवाहक उपविदेश मन्त्री जोन...
-
बङ्गलादेशले मौद्रिक नीतिमा कडाइ गर्ने
काठमाडौं । बङ्गलादेशको केन्द्रीय बैङ्कले मुद्रास्फीति नियन्त्रण गर्न सरकारलाई सहयोग पु¥याउने उद्देश्यले आगामी महिनाको अन्त्यसम्ममा दुई पटक नीतिगत दरमा वृद्धि...