ताजा समाचार

आईपीएलः हैदरावादलाई २ विकेटले हराउँदै चेन्नाई फाइनलमा पुग्याे

 

काठमाडौं,९ जेष्ठ । सनराइजर्स हैदरावादलाई २ विकेटले हराउँदै चेन्नाई सुपरकिंग्स इण्डियन प्रिमियर लिग ९आईपीएल० क्रिकेटको फाइनलमा पुगेको छ ।
हैदरावादको यो चौथो हार हो भने चेन्नाई आईपीएलको फाइनलमा पुगेको यो सातौं पटक हो ।

वानखेडे मैदानमा १४० रनको विजय लक्ष्य चेन्नाईले १० ओभर १ बलमा ८ विकेट गुमाएर भेटायो । चेन्नाईको जितमा फाफ डु प्लेसीले सबैभन्दा धेरै ६७ रन बनाए । उनले यस सिजनमा आफ्नो पहिलो अर्धशतक बनाए । ओपनर डुप्लेसीले ९ ब्याट्समानसँग साझेदारी गरे । उनी प्लेयर अफ दि म्याच भए ।

यसअघि टस हारेर ब्याटिङ गरेको हैदरावादले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १३९ रन बनाएको थियो । कार्लोस ब्रेथवेटले ४३ रन बनाए । बलिङतर्फ ड्वेन ब्राभोले दुई विकेट लिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org