ताजा समाचार

नेपालले अगस्टमा नेदरल्यान्डसँग २ एक दिवसिय क्रिकेट खेल्ने

 

 

काठमाडाै‌ं,१० जेष्ठ । याे  वर्ष विश्वकप छनौटका दौरान अन्तराष्ट्रिय स्तरको एलदिवसिय क्रिकेटको मान्यता पाएको नेपालले अगस्ट २ र ३ मा नेदरल्यान्डसँग २ एक दिवसिय खेल खेल्ने भएको छ ।

त्यस्तै दुबै टोलीले मेरीलेबोन क्रिकेट क्लबसँग लड्समा जुलाई २९ मा टिट्वान्टी क्रिकेट खेल्ने भएका छन् ।

‘हामी नेपाललाई उसको पहिलो वाड डे खेलका लागि स्वागत गर्न पाउँदा खुशी छौ र यो सन् २०१३ यता हाम्रो भूमिमा हाम्रो पहिलो एकदिवसिय खेल हो। लड्सको निम्तो पाएका हामी हाम्रा घरेलु दर्शकलाई हामी के गर्न सक्छौ भनेर देखाउन चाहन्छौं। नेपाल उत्साहजनक टोली हो किनकी हामीले आइपिएलबाट सन्दिप लामोछाने विश्वस्तरिय खेलाडी भएको देखिसकेका छौं र हामी उनीहरूलाई यहाँ देख्न पाउँदा आफैलाई गर्वको अनुभूति गरिरहेका छौं। नेपालले नेदरल्यान्डमा सँधै राम्रो दर्शक तान्दै आइरहेको छ, म यो राम्रो अवसर हुनेमा ढुक्क छु’, नेदरल्यान्डका प्रशिक्षक रायन क्याम्पबेलले क्रिकबजसँग भने।

नेपाल र नेदरल्यान्ड एकअर्कासँग गत मार्चमा जिम्बाबेमा भएको विश्वकप छनौटमा भिडेका थिए। सो खेलमा नेपाल ४५ रनले पराजित भएको थियो। सोही समयमा नेपालले पपुवा न्यूगिनियालाई हराउँदै एकदिवशिय अन्तराष्ट्रिय क्रिकेटको मान्यता पाएको थियो।

नेदरल्यान्डले सन् २०१४ मा क्यानडा विरूद्ध न्यूजिल्यान्डमा वान डे खेलेको थियो। सो खेलमा उसले आफ्नो वान डे मान्यता गुमाएको थियो।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org