ताजा समाचार

एकै दिन दुई श्रीमती भित्र्याउदै रोनाल्डिन्हो

काठमाडौं १० जेष्ठ । ब्राजिलियन स्टार फुटबलर रोनाल्डिन्होले एकैपटक दुईवटी महिलासँग विवाह गर्ने भएका छन् ।

३८ वर्षे फुटबलर अहिले आफ्नो रियो दे जेनेरियोको ५ मिलियन डलरको भव्य बंगलामा आफ्ना भावी पत्नीहरु प्रिसिल्ला कोहेलो र बियट्रिज सुजासँग बस्दै आएका छन् । उनले दुवैसँग आँउदो अगस्टमा लगनगाँठो कस्ने योजना बनाएका छन् ।

ब्राजिलका मिडियाहरुका अनुसार रोनाल्डिन्होले एक पारिवारिक समारोहको बीचमा आफ्नै बंगलामा दुवै प्रेमिकासँग एकैपटक लगनगाँठो कस्नेछन् ।

बार्सिलोनाका पूर्वस्टारले सन् २०१६ देखि बियट्रिजलाई डेट गरेको बताइन्छ । तर, उनले पि्रसिल्लासँगको धेरै वर्ष अघिदेखिको प्रेमसम्बन्धलाई पनि निरन्तरता दिइरहेका थिए ।

रिपोर्टहरुका अनुसार दुवै प्रेमिकाहरुले उनीहरुले चाहेअनुसार खर्च गर्न पाउने गरी रोनाल्डिन्होबाट १५ सय डलर भत्ता प्राप्त गर्नेछन् । उनले दुवै श्रीमतीहरुलाई एकैखालको उपहारहरु दिनेछन् । रोनाल्डिन्होले गत जनवरीमा दुवैको हात मागेका थिए र दुवैसँग इन्गेजमेन्ट गरेका थिए ।

यी फुटबलरकी दिदी डेजीले भने भाइले गर्न लागेको बहुविवाहको विरोध गरेकी छिन् र विवाहमा सहभागी नहुने बताएकी छिन् ।

गत वर्ष जब रोनाल्डिन्होले इन्गेजमेन्ट गरेको खबर पहिलोचोटी बाहिरिएको थियो त्यतिखेर भने उनले सामाजिक सञ्जालबाट त्यसको खण्डन गरेका थिए । उनले टि्वटरमा लेखेका थिए, ‘कुनै पनि खबरमा विश्वास नगर्नुहोस् मैले जुन दिन इन्गेजमेन्ट गर्छु, त्यो दिन तपाईहरुलाई भन्नेछु ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org