ताजा समाचार

खुलामञ्च बन्यो बन्दमञ्च, बसपार्क बनाएर बचेको ६ रोपनीमा विद्यार्थी पढ्ने

काठमाडौँ २०, जेष्ठ । नेपालका थुप्रै राजनीतिक परिवर्तनको साक्षीका रुपमा रहेको  टुँडिखेलस्थित खुलामञ्च आफैमा चेपुवामा परेको छ ।

राजनीतिक भाषण होस् या अन्य सभा जुलुस गर्दा होस सवैलाई उभिएर आफ्ना कुरा धित मरुन्जेल पोख्न दिने खुलामाञ्च अव भने विद्यार्थीहरुका लागि खुला हुनेछ ।

यसअघि नै आधा भाग काठमाडौँ महानगरपालिकाले बसपार्क बनाइसकेको छ भने आधा भागको आधा अंशमा अहिले धमाधम नयाँ संरचना बन्दैछ।

काठमाडौँ महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीका अनुसार दरबार हाइस्कुललार्इ टुँडिखेलको करिब ६ रोपनी जमिन छ महिनाका लागि दिएको हो। करिब डेढ महिना अघि काठमाडौंँ महानगरपालिका र दरबार हाइस्कुलबीच सम्झौता भएको हो।

दरबार हाइस्कुलका लागि अस्थायी विद्यालय बनाएर पठनपाठन गर्नका लागि उक्त जग्गा दिर्एइको प्रवक्ता कार्कीले जानकारी दिए। उनका अनुसार अहिले दरबार हाइस्कुललले अस्थायी विद्यालयको संरचना बनाउने काम गरिरहेको छ।

उनले  दरबार हाइस्कुलको रानीपोखरी अगाडि रहेको भवनको ग्राउण्ड लेभलको पुननिर्माण भएपछि यो जग्गा खाली गर्ने छ। यदि उक्त समयसम्म ग्राउण्ड लेभलको पुननिर्माण भएन भने पुनः समय थप गरिने पनि उनले बताए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org