ताजा समाचार

हिंसाको बाटो अंगाल्नेलाई सरकारले ठेगान लगाउछ: प्रधानमन्त्री

हेटाैडा २१, जेष्ठ । प्रदेश नं ३ प्रदेशसभाको विशेष बैठकलाई सम्बोधन गर्दै उनले भने ‘ मुलुकमा हिंसा र पृथकतावाद जरुरी छैन । त्यस्ता गतिविधि भए शैह्य हुँदैन । म त्यो बाटोमा नलाग्न अपिल गर्न चाहन्छु ।’

उनले शान्तिपूर्ण भनिएपनि विप्लवको नामै नलिई सो पार्टीका गतिविधि पृथकतावादतर्फ उन्मुख भएको दाबी समेत गरे ।

उनले उत्तर कोरिया र दक्षिण कोरियाको उदाहरण दिदै भने शान्तिपूर्ण तरिकाले देशको विकासमा सहकार्य गर्नका लागि समेत आह्वान गरे । उनले विप्लवलाई संकेत गर्दै भने आउनुहोस् मिलेर देशको विकासमा जुटाैं ।

सरकारका कामकारवाही पारदर्शी हुने भएकाले कुनै किसिमका संकोच नमानेर सहकार्यका लागि समेत आग्रह गरे । विप्लवलाई इन्कित गर्दै प्रधानमन्त्रीले देशमा कुनैपनि अराजकता, दण्डहिनता त हिंसाजन्य कुरामा सरकार चुप नबस्ने चेतावनी समेत दिए ।

प्रधानमन्त्री आेलीले आफ्नो भारत भ्रमण दुई देशको सम्बन्ध सुधारका लाहि कोशे ढुङ्गा सावित भएको दावी गरेका छन् ।

प्रदेश नं ३ प्रदेशसभाको विशेष बैठकलाई सम्बोधन गर्दै उनले भने, कोहि मान्छेले भारत गयो, भारतकासामू झुक्यो भनेर अफवाह फैलाए तर त्यस्तो कुरामा सत्यता नभएको बताए । छिमेकी मुलुकसंगको सम्बन्ध नयाँ उचाईमा पुगेको भन्दै देशको राष्ट्रियता, जनजिविका लगायतका कुरामा कुनै पनि सम्झाैता नभएकाले आशंका नगर्न समेत आग्रह गरे ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org