ताजा समाचार

दलित भएकै कारण सांसदले कोठा नपाएपछी….

काठमाडौं २१, जेष्ठ । नेपालमा कानुनी रुपमा छुवाछुतको अन्त्य भइसकेको छ । तर, सांसदले दलित भएकै कारण काठमाडौंमा कोठा नपाएको भन्दै प्रतिनिधिसभा बैठकमा गुनासो गरेका छन् ।

सोमबार संसदको विशेष समयमा माग गरेर बोल्दै सांसद कलुदेवी चिश्वकर्माले दलित भएकै कारण काठमाडाैं जस्तो ठाउमा समेत भेदभाव हुनु दुखलाग्दो कुरा भएको जनाइन ।

‘सबैभन्दा दुखलाग्दो कुरा के छ भने यो काठमाडौंको ठाउँमा त यस्तो छुवाछुतको भेदभाव छ’ उनले भनिन् ‘हामीले एक महिना पूरा भयो कोठा पाएनौं ।’

उनले संसदमा छुवाछुत अन्त्य भएको पटक पटक सुने पनि काठमाडौंमा नै छुवाछुत भोग्नुपरेको बताइन् । ‘छुवाछुतको भेदभाव हुने छैन भनेर सांसदमा सुनिरहेका छौं’ सांसद विश्वकर्माले भनिन् ‘काठमाडौंमै यस्तो छुवाछुत छ भने गाउँघरमा के होला ?’

गाउँघरमा दलितहरुले सुतेको ठाउँमा पोत्नुपर्ने र खाएको भाडा माझ्नुपर्ने अवस्था रहेको बताइन् । उनले दलित भन्ने शब्द नै हटाउन आग्रह गरिन् । ‘हामी दलित होइनौं शिल्पी हौं’ विश्वकर्माले भनिन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org