ताजा समाचार

पेट्रोलियम पदार्थको मूल्यबृद्वि तत्काल फिर्ता गर्न माग गर्दै विद्यार्थीले बुझाए ज्ञापन-पत्र

काठमाडौं २१, जेष्ठ ।चार विदार्थी संगठन हालै पेट्रोलियम पदार्थमा भएको मूल्यबृद्धिको विरोधमा देखिएका छन् ।

सत्ताधारी दलको दुई संगठन र बिपक्षी दलको विद्यार्थी संगठन ने.वि. संघ र अखिल छैठाैले  ज्ञापनपत्र बुझाएका हुन् ।

उनीहरुले आपुर्ति मन्त्री मात्रिका यादवलाई ज्ञापन–पत्र बुझाउँदै मूल्यबृघि फिर्ता लिन माग गरेका छन् । साथै मुल्यबृद्धि फिर्ता नलिए आन्दोलनमा उत्रने उनीहरुको चेतावनी छ ।

हेराैं ज्ञापनपत्र

‘गैरजिम्मेवार ढंगले वढाइएको मूल्यवृद्धि तत्काल खारेज गर्न जोडदार माग गर्दछौं।अन्यथा संघर्षमा उत्रन  वाध्य हुनेछौँ ।’ ज्ञापनपत्रमा छ ।

उनीहरुले सरकार नियन्त्रित नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा श्रृङखलबद्ध रुपमा गरेको  मूल्यवृद्धिको  घटना प्रति आफुहरुको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

‘दैनिक जनजीवनसंग प्रत्यक्ष सरोकार राख्ने पेट्रोल,डिजेल र मट्टीतेल जस्ता पदार्थमा गरिएको मुल्यवृद्धि र त्यसले समग्र क्षेत्रमा पार्ने प्रभावले जनताको ढाड सेक्ने काम गरेको छ’ विज्ञप्तीमा छ, ‘बहुसंख्यक जनता गरिविको रेखामुनि रहेको हाम्रो जस्तो देशममा सरकार केवल ब्यापारी मात्र वन्न सक्दैन भन्ने हाम्रो धारणा रहेको छ।अत्यावश्यक क्षेत्रमा सरकारले जनतालाई राहत र सहुलियत दिनुपर्दछ ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org