विश्वकपमा २०१८ मा प्रयोग हुने यस्ता टेक्नोलोजी जुन धेरैलाई थाहा हुदैन (भिडियोसहित)
विश्वकपमा हुने सबै खाले कुराहरुले चर्चा पाउनु स्वभाविक नै हो किनकी अहिले सारा मानिसको ध्यान रुसतर्फ केन्द्रित छ ।
भोलिबाट रुसमा सुरु हुने २१ औं संस्करणको विश्वकप प्रतियोगितामा २१ औँ शताब्दीमा प्रतिपादन भएका प्राविधिहरुको समेत प्रयोग हुँदैछन्। खेलका क्रममा रेफ्रीलाई सहयोग गर्नका लागि अनेक प्रविधिहरुको प्रयोग हुनेछन्। आम दर्शकलाई यस विषयमा भने त्यति जानकारी हुनेछैन।
तर, न्युज-नेपालले त्यस्ता प्रविधि जो प्रयोग भएर पनि सबैलाई थाहा हुदैन तिनैको बारेमा जानकारी दिन खोजेको छ ।
गोल लाइन टेक्नोलोजी
अघिल्लो विश्वकपबाट प्रयोग गरिएको गोललाइन प्रविधि यसपटक पनि प्रयोग हुँदै छ। यसका लागि १४ वटा हाइ स्पीड क्यामेरको प्रयोग हुनेछ। बलले गोल लाइन पार गरेपछि यी क्यामेराले एक सेकेन्डको अन्तरालमा भिडियो सन्देश रेफ्रीले लगाएको घडीसम्म पुर्याउने छ।
एनएफसी चिप जडित टेलस्टार १८
विश्वकप २०१८ का लागि विशेषरुपमा तयार पारिएको बल हो टेलस्टार १८। गत वर्ष एडिडासले यो बल सार्वजनिक गरेको थियो। यो बल सन् १९७० को फिफा वर्ल्डकपमा प्रयोग भएको टेलिस्टरकै आधुनिक संस्करण हो। यसको नाम टेलिभिजन र स्टारको संयोजनबाट राखिएको हो। बल कालो र सेतो रंगको थियो। जुन त्यतिबेला श्यामश्वेत टेलिभिजनका लागि तयार पारिएको थियो।
टेलस्टार १८ लाई एडिडासले पाकिस्तानमा बनाएको हो। पाकिस्तानको सियालकोटमा फरवर्ड स्पोर्ट्स कप्पनीमा यसको उत्पादन भएको हो।
फरवार्डले सन् १९९४ देखि एडिडाससँग मिलेर खेल सामाग्री उत्पादन गर्दै आएको छ। २०१४ को विश्वकपमा समेत् यही कम्पनीमा उत्पादित बलको प्रयोग भएको थियो।
सन् २०१८ को संस्करणमा नयाँ छाला तथा उच्च प्रविधिको प्रयोग गरिएको छ। बलमा निकट क्षेत्र सञ्चार (नियर फिल्ड कम्युनिकेसन– एनएफसी) चिपको प्रयोग गरिएको छ। जसको माध्ययबाट स्मार्टफोनसँग सञ्चार गर्न सकिने छ। जसले खेल सम्बन्धि महत्त्वपूर्ण जानकारी प्राप्त गर्न मद्दत पुग्ने छ।
विद्युतीय प्रदर्शन तथा ट्र्याकिङ प्रणाली
विश्वकपमा प्रयोग हुने अर्को प्रविधि भनेको विद्युतीय प्रणाली पनि हो। टिमका प्राविधिक तथा मेडिकल स्टाफहरु निर्धारित स्थानमा रहेका हुन्छन्। यस्तोमा उनीहरुबीच सञ्चारका लागि एउटा डेडिकेटेड लाइन हुन्छ।
यस प्रविधिले खेल समयमा खेलाडीहरु संवादका लागि समेत प्रयोग हुन्छ। यसरी कोचले निर्धारित खेलकै क्रममा कोच गर्न समेत सक्ने छन्।
मार्चमा अन्तर्राष्ट्रिय फुटबल एसोसिएसनको बोर्डले भिडियो एसिस्टेन्ट रेफ्री (भीएआर) प्रविधिलाई अनुमोदन गरेको थियो। सोही अनुरुप यस विश्वकपमा भिएआरको प्रयोग हुने छ। पहिलो पटक विश्वकपमा भिडियो प्रविधि रेफ्रीका लागि सहयोगीको रुपमा प्रयोग हुँदै छ।
तर, यो प्रविधि निर्णय सच्याउन, अनावश्यक त्रुटीहरु हटाउन तथा खेल बदल्न सक्ने निर्णयबाट छुटेका घटनाहरुको पचिहान गर्नका लागि मात्र प्रयोग गर्न पाइने छ। यसको प्रयोग जतिबेला पनि गर्न पाइने छैन।
रेफ्रीले निर्णय लिनुभन्दा अगाडि भिएआरसँग जानकारी लिनसक्ने छ। यो प्रविधि प्रसारण तथा ध्वनी यन्त्रमा निर्भर रहेको छ।
Comments
अरु समाचार
-
म्यानचेष्टर सिटीले लगातार चार पटक प्रिमियर लिग उपाधि जित्दै बनायो कीर्तिमान
काठमाडौं । म्यानचेष्टर सिटीले लगातार चौथो पटक प्रिमियर लिगको उपाधि जितेको छ । आइतबार राति घरेलु मैदानमा भएको लिगको अन्तिम...
-
साविक उपाधि विजेता चेन्नेइलाई स्तव्ध पार्दै बेंग्लुरु आईपीएलको प्लेअफमा
काठमाडौं । चेन्नई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बैंगलोरू (आरसिबी) इन्डियन प्रिमियर लिग (आईपीएल) को प्लेअफमा पुगेको छ। गएराति...
-
सुदूरपश्चिम प्रदेश महिला क्रिकेटको फाइनलमा
काठमाडौं । सुदूरपश्चिम प्रदेश ललितपुर मेयर कप राष्ट्रिय महिला टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । सुदूरपश्चिमले बागमती...
-
आईपीएलमा आज मुम्बई इन्डियन्स र लखनउ सुपर भिड्दै
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज मुम्बई इन्डियन्स र लखनउ सुपर जाएन्ट्स खेल्दैछन् । यी दुई देशको खेल...
-
बलात्कार मुद्दामा सन्दीप लामिछानेले पाए सफाइ, विश्वकप खेल्न पठाउने क्यानको तयारी
काठमाडौं । क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले सफाइ दिएको छ । न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासले...
-
क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले दियो सफाइ
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले बलात्कार मुद्दामा सफाइ दिएको छ । जिल्ला अदालत काठमाडौंले गरेको फैसला उल्टाउँदै...
-
अखिल नेपाल ब्याडमिन्टन संघ गठन: अध्यक्षमा तिलक, महासचिवमा बेनुप
काठमाडौं । नेपाल ब्याडमिन्टन संघका कोषाध्यक्ष तिलक पाण्डेको अध्यक्षतामा अखिल नेपाल ब्याडमिन्टन संघ गठन भएको छ। सत्तारुढ दल नेकपा माओवादी...
-
आईपीएल: मुम्बईलाई पराजित गरेसँगै कोलकाता शीर्ष स्थानमा
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा शीर्ष स्थानको कोलकाता नाइट राइडर्सले मुम्बई इन्डियन्सलाई १८ रनले पराजित...
-
युरोपेली च्याम्पियन्स लिगको फाइनलमा रियल मड्रिड
काठमाडाैँ । रियल मड्रिड युरोपेली च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । च्याम्पियन्स लिगअन्तर्गत गए रात भएको सेमिफाइनलको दोस्रो लेगमा...