ताजा समाचार

  प्रधानमन्त्री अाेलीले चीनसँग गरे ८ परियोजना निर्माण सम्झौता : के कस्ता छन् त सम्झौता ?

 

काठमाडाैं, ६ असार । चीनको  ६ दिने औपचारिक भ्रमणका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले दुई देशका सरकारी र निजी कम्पनीबीच ८ परियोजना निर्माण गर्ने  सम्झौता गरेका छन् ।

ऊर्जा, जलस्रोत, सिमेन्ट उद्योग तथा फलफूल उद्योग स्थापना गर्नेसम्बन्धी परियोजना निर्माण गर्ने  सम्झौता भएका छन् ।

तराईको सिँचाइ प्रणालीलाई व्यवस्थित बनाउने, कमला, कन्काई नदी सिँचाइ परियोजनाको विस्तृत परियोजना प्रतिवेदन तयार पार्नेसम्बन्धी द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

१६४ मेगावाट क्षमताको नेपाल कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण, कन्जरभेन्सी एण्ड हाइड्रोपावर इन्भेष्टमेन्ट कम्पनीबीच संयुक्त आयोजना निर्माण गर्नेसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।

सिउरी न्यादी जलविद्युत् आयोजना निर्माण, नेपालकाे पस्मिना दुईलाखदेखि पाँचलाख थान खरिदका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ । साथै त्रिशूली गल्छी परियोजना निर्माण गर्ने सम्बन्धि सम्झौता भएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org