ताजा समाचार

सांसदहरुकाे असहमति : निर्वाचन क्षेत्रको बजेट भयाे दोब्बर

 

जनकपुर,१७ असार । प्रदेश २ काे  निर्वाचन क्षेत्र विकास कोषको रकम कम गरेकाे भन्दै सांसदहरुले दबाब दिएपछि सरकारले  कोषको रकम दोब्बर बनाएको छ । केन्द्रमा निर्वाचन क्षेत्र विकास कोषको रकम पुनरावलोकनको माग उठिरहेका बेला प्रदेश सरकारले भने पहिलेको भन्दा दोब्बर बनाएको हो ।

संसदीय क्षेत्र विकास कार्यक्रममा २५ लाख र प्रत्येक निर्वाचन क्षेत्रको भौतिक पूर्वाधार निर्माणमा ५० लाख रुपैयाँ सरकारले  विनियोजन गरेपछि रकम कम भएकाे भन्दै सांसदहरुले असहमति जनाएपछि संसदीय क्षेत्र विकास कार्यक्रमको बजेट ५० लाख र भौतिक पूर्वाधार निर्माण शीर्षकको बजेट १ करोड पुर्याइएकाे हाे ।

प्रदेश २ सरकारले असार १ गते प्रस्तुत गरेको आर्थिक वर्ष ०७५–७६ को बजेट संसदले पारित गरेको छ । २९ अर्ब ७८ करोड ६९ लाख ३८ हजार रुपैयाँको बजेट शुक्रबार बसेको प्रदेशसभाको बैठकले विपक्षी दल कांग्रेसको असहमतिकै बीच पारित गरेको हो ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org