ताजा समाचार

प्रदेश ४ को राजधानी र नामकरण : छलफल सुरु पूर्व माओवादी मौन

काठमाडाै,१७ असार । प्रदेश ४ को राजधानी र नामकरण बारे छलफल गर्न आइतबारदेखि संसदमा छलफल सुरु भएको छ ।  यसअघि १० असारमा बसेको बैठकले प्रदेशको राजधानी तथा नामकरणका लागि गठन भएको समितिका सभापति विन्दुकुमार थापाले समितिको प्रतिवेदन टेवुल गरेका थिए । त्यसलगतै कार्यवहाक सभामुख सृजना शर्माले संसोधन भए प्रदेश सभा सचिवालयमा दर्ता गर्न सकिने जानकारि दिदैँ १७ गते सम्मका लागि बैठक स्थगित भएको घोषणा गरेकी थिइन ।

दलहरुबीच आइतबारदेखि राजधानीको बारेमा छलफल सुरु गरी १८ गतेसम्म निर्णय गर्ने सहमती भएको बताइएको छ । त्यसपछि नामकरणका बारेमा छलफल सुरु गरी २० टुङ्गो लागाउने सहमती भएको प्रमुख प्रतिपक्ष दल नेपाली काग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले जानकारी दिए ।

प्रदेश सभा संसदमा प्रतिनिधित्व गर्ने ५ दलले पूर्व नेकपा एमाले, नेपाली कांग्रेस र जनमोर्चाले प्रदेशको राजधानी पोखरा र नाम गण्डकी राख्ने निर्णय गरी समितिलाई जानकारी गराएका थिए । यसैगरी नयाँ शक्तिले राजधानी पोखरा र नाम गण्डकी–तमुवान, गण्डकी वा अन्नपुर्ण मध्ये एक उपयुक्त हुने निर्णय गर्दै समितिलाई आफनो निर्णय बुझाएको थियो । यस विषयमा पूर्व माओवादी मौन बसेकाले राजधानी र नामकरणको काम लम्बिएको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org