ताजा समाचार

जनता आवास कार्यक्रम प्रदेशस्तरमा विस्तार

काठमाडौँ २५, असार।शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले संघीयताको मर्मानुसार एकीकृत विकास कार्यक्रममार्फत जनता आवास कार्यक्रमलाई प्रदेशस्तरमा विस्तार गरिने बताए।

राष्ट्रियसभाको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा सदस्यले उठाएको प्रश्नको आज जवाफ दिने क्रममा उहाँले जनता आवास कार्यक्रमलाई स्थानीय तहमार्फत अगाडि बढाइने बताउँदै एकीकृत विकास कार्यक्रम अन्तर्गत १८५ वटा नगरपालिका विकास अगाडि बढाइएको तथा शहरको फोहोरमैला व्यवस्थापन तथा सडकको विकास तथा मर्मतलाई अगाडि बढाइने बताए।

सुरक्षित आवास विकास कार्यक्रमलाई अगाडि बढाइएको र दाङ जिल्लामा सभाकक्ष निर्माण, स्मार्ट सिटीजस्ता कार्यक्रमलाई प्रभावकारी बनाइएको उहाँले स्पष्ट गर्नुभयो । मन्त्री राईले कर्णाली क्षेत्र विशेष बजेटसहित कार्यक्रम अगाडि बढाइने बताउँदै हिमाली विकास कार्यक्रमअन्तर्गत मुगु, हुम्ला र डोल्पाको विकासमा जोड दिइएको जानकारी दिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org