किन भएन चीनबाट उच्चस्तरीय भ्रमण,होला त यस वर्ष चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण
काठमाडाैं १८, साउन । २०७३ को अन्तिममा ओली पुनः नेपालको प्रधानमन्त्रीमा निर्वाचित भए। नयाँ सरकार गठनसँगै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले वर्ष २०१८ लाई उच्चस्तरीय नेपाल भ्रमणको वर्षको रुपमा मनाइने भन्दै उत्तर र दक्षिण दुबै छिमेकीबाट उच्चस्तरीय भ्रमण गराउने दाबी गरेका थिए। यसबीच भारतीय प्रधानमन्त्री मोदीले नेपालको दुई दिने भ्रमण गरे। उनी पुनः भदौको दोस्रो साता विम्स्टेकको सम्मेलनको लागि नेपाल आउँदैछन्।
तर चिनियाँ राष्ट्रपति सीको भ्रमणको मिति भने तय भएको छैन्। अझै पनि नेपालले चिनियाँ राष्ट्रपति सीलाई भ्रमणका लागि निम्तो दिइरहेको छ।
चिनियाँ उपविदेशमन्त्री वाङ वाजुन नेपालमा छन्। उनले आइतबार प्रधानमन्त्री ओलीसँग भेट गरे। भेटका क्रममा प्रधानमन्त्री ओली पुनः राष्ट्रपति सीलाई नेपाल भ्रमणको निम्ता दिए वाङमार्फत्।
यसअघि प्रधानमन्त्री ओलीले गत असारको पहिलो साता भएको चीन भ्रमणका क्रममा राष्ट्रपति सीलाई भेट गरी राष्ट्रपति विद्यादेवी भण्डारीको तर्फबाट नेपाल भ्रमणको निमन्त्रणा हस्तान्तरण गरेका थिए।
परराष्ट्र मन्त्रालयका एक उच्च अधिकारीका अनुसार सीको नेपाल भ्रमणको तयारीमा जुटेको बताउँदै यसमा नेपालको चाहनाले मात्र पुग्दैन।
‘हाम्रो तर्फबाट तयारी हामीले गर्ने हो। हामी जुनसुकै समयमा पनि स्वागतका लागि तयार नै छौँ। तर हाम्रो तयारीले मात्र पुग्दैन्,’ ती अधिकारीले भने, ‘यसका लागि दुबै देशको उपयुक्त समय मिल्नुपर्यो। चिनियाँ चासो समेत ठूलो कुरा हो।’
चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमण नेपालको चासोले मात्र नपुग्ने पूर्वपरराष्ट्रमन्त्री डा. प्रकाशशरण महतसमेत बताउँछन्। ‘नेपाल चिनियाँ राष्ट्रपति सीलाई स्वागत गर्न सँधै तयार छ। हामी कुनै पनि देशका राष्ट्रप्रमुखलाई स्वागत गर्न पाउँदा खुसी हुन्छ,’ उनले भने, ‘हिजो म परराष्ट्रमन्त्री हुँदासमेत भ्रमणको तयारी थियो। हामी तयार थियौँ। यो हाम्रो मात्र होइन, दुबै देशको चासोको विषय पनि हो। चीनको चासोलेसमेत यसमा ठूलो महत्त्व राख्छ।’
सीको नेपाल भ्रमण यस वर्ष हुने नहुने कुरा सरकारको तयारीमा भर पर्ने समेत उनले बताए। ‘अहिले सरकारले कस्तो तयारी गरिरहेको छ। त्यसमा पनि भर पर्ने कुरा हो, तर हामी पाहुनलाई स्वागत गर्न पाउँदा खुसी नै हुन्छौँ,’ महतले भने।
सन् १९९६ मा तत्कालीन राष्ट्रपति जियाङ जेमिन तत्कालीन राजा वीरन्द्रको निमन्त्रणमा नेपाल भ्रमणमा आएका थिए। त्यस यता चीनबाट नेपालमा उच्चस्तरीय भ्रमण हुन सकिरहेको छैन्। तर यस वर्ष सीको नेपाल भ्रमण हुन सक्ने सम्भावना बढेका परराष्ट्र मामिलाका जानकार हिरण्यलाल श्रेष्ठ बताउँछन्।
उनले सीको नेपाल भ्रमण हुन सक्ने सम्भावना तीन कारण समे दिए। उनले दिएका ती वटा कारण मध्ये पहिलो कारण हो, नेपालमा स्थिर सरकार।
‘अहिले नेपालमा स्थीर सरकार आएको छ। नेपालसँग भएका सहमति कार्यान्वयन हुन्छन् भन्ने आधार यसले दिएको छ,’ उनले भने, ‘हालै प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा आएको संयुक्त वक्तव्यले पनि यो सम्भावनालाई स्पष्ट पारेको छ।’
नेपालले त्यहाँको सरकार, चिनियाँ कम्युनिष्ट पार्टीको विधानलाई समर्थन गरेको र चीनले नेपालको समृद्धिको यात्रामा साथ दिने प्रतिवद्धता समेत जनाएकोले भ्रमणको सम्भावना रहेको उनले बताए।
त्यस्तै श्रेष्ठले दिएका अर्को आधार भनेको चीन र भारतबीचको सुधारिएको सम्बन्ध हो। ‘अहिले मोदी र सीको सम्बन्धमा सुधार आएको छ। पछिल्लो समय भुटानमा भने चिनियाँ उपविदेशमन्त्रीले भ्रमण गरेका छन्,’ उनले भने, ‘सीको नेपाल भ्रमणका लागि क्षेत्रीय सन्तुलन समेत देखिएको छ।’
अर्को आधार भनेको नेपालबाट धेरै भ्रमण भए पनि चीनबाट उच्चस्तरीय भ्रमण हुन सकेको छैन। यसलाई क्रमभंग गर्न पनि चीनका राष्ट्रपति सी नेपाल आउने सम्भावना रहेको उनले बताए। हाल चीनका उपविदेशमन्त्री नेतृत्वको प्रतिनिधि मण्डल नेपालमा आउनु सीको भ्रमणको तयारीका लागि हुन सक्ने उनले अनुमान गरे।
Comments
अरु समाचार
-
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एकैदिन साढे तीनकरोड जम्मा
काठमाडौँ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आज एकैदिन रु तीन करोडभन्दा बढी रकम हस्तान्तरण भएको छ । प्रधानमन्त्री केपी शर्मा...
-
राष्ट्रपति पौडेलसँग राष्ट्रियसभाका अध्यक्ष दाहालको भेट
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रियसभाका अध्यक्ष नारायण दाहालले भेट गरेका छन् । आज राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा...
-
परराष्ट्रमन्त्री डा.राणा आज स्वदेश फर्कर्दै
काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा कतारको दोहामा आयोजित एसिया कोअपरेसन डायलग (एसिडी)को तेस्रो सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यहाँ...
-
प्रधानमन्त्रीसँग बंगलादेशका मन्त्री हसनको शिष्टाचार भेट
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपालमा रहेकी बङ्गलादेशको वन, वातावरण, जलवायु परिवर्तन तथा जलस्रोतमन्त्री सैयदा रिजवाना हसनले आज शिष्टाचार...
-
जर्मनी एकीकरण दिवस समारोहमा उपराष्ट्रपति सरिक
काठामाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादव जर्मनी एकीकरण दिवसका अवसरमा नेपालका लागि उक्त मुलुकका राजदूत डा.थोमस प्रिन्जले बुधबार साँझ आयोजना गरेको...
-
न्यायलय सुधार गर्ने वरिष्ठ न्यायाधीश राउतको २४ बुँदे कार्ययोजना
-सजिव कालाखेती काठमाडौं । सर्वोच्च अदालतमा कल्याण श्रेष्ठको कार्यकाल यता सबै भन्दा सक्षम,योग्य,इमान्दार,अनुभवी,लोकतान्त्रिक, बौद्विक र कार्यकुशल प्रधानन्यायाधीशमा प्रकाशमान सिंह राउत...
-
सबै संयन्त्रलाई सतर्क रहन गृहमन्त्री लेखकको निर्देशन
काठमाडौं । गृहमन्त्री रमेश लेखकले कोशी र बागमती प्रदेशका केही ठाउँमा भारी वर्षा हुनसक्ने पूर्वानुमान गरिएकाले सोहीअनुसार सतर्क रहन सम्बद्ध...
-
बारका अध्यक्ष घिमिरेविरुद्ध अदालत अवहेलना मुद्दा दर्ता
काठमाडौं । सर्वोच्च अदालत प्रशासनले नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेविरुद्ध अवहेलनासम्बन्धी मुद्दा दर्ता गरेको छ। न्यायाधीश सिफारिस सम्बन्धमा घिमिरेले...
-
राष्ट्रसङ्घीय महासभामाबारे प्रधानमन्त्रीद्वारा संसदीय दललाई जानकारी
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा आफूले गरेको सम्बोधन र त्यसक्रममा भएका दुईपक्षीय भेटवार्ता र...