विप्लव माओवादीका प्रवक्ता पुर्ब मन्त्रि ‘प्रकाण्ड’ पक्राउ,
काठमाडाैँ २३, साउन । पूर्व मन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा उर्फ प्रकाण्ड पक्राउ परेको खबर एकाएक आयो। नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको अर्धभूमिगत पार्टीका प्रवक्ता समेत रहेका प्रकाण्ड आखिर किन पक्राउ परे त?
रोचक के रह्यो भने प्रकाण्ड माओवादी ‘जनयुद्ध’का क्रममा अहिलेका गृहमन्त्री रामबहादुर थापा ‘बादल’का सहयात्रीसमेत हुन्। धेरैले पक्राउ प्रकरणलाई पूर्वाग्रहसँग पनि जोडेर हेरेका छन्। पक्राउमा पूर्वाग्रहको भाग कति छ भन्न सकिन्न तर स्रोत भन्छ – पक्राउको कारण पैसा नै हो
सम्बन्धित सामाचार
नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विक (प्रकाण्ड) पक्राउ परेका छन्। २०६८ सालमा झलनाथ खनाल प्रधानमन्त्री रहँदा पर्यटन तथा नागरिक उड्ययन मन्त्रीसमेत रहेका विकलाई काठमाडौंबाट समातिएको हो।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्वराज पोखरेलले प्रकाण्डसहित चन्द्र आचार्य र मानबहादुर श्रेष्ठ पनि पक्राउ परेको जानकारी दिए। श्रेष्ठ प्रकाण्डका गाडी चालक हुन्। पोखरेलले उनीहरुलाई काठमाडौंको दक्षिणमा रहेको चाल्नाखेलबाट पक्राउ गरिएको जानकारी दिए।
उच्च प्रहरी स्रोतका अनुसार उनलाई माथिल्लो तहकै निर्देशनमा पक्राउ गरिएको हो। गएको निर्वाचनमा चन्दा संकलन तथा विस्फोट लगायतका घटना गराएको आरोप चन्द नेतृत्वको पार्टीमाथि लाग्दै आएको छ। उनीहरुले चुनाव बहिस्कार गरेका थिए।
हिजोमात्रै उक्त पार्टीका केन्द्रीय सदस्य आजाद केसी भक्तपुरको डेराबाटै पक्राउ परेका थिए। केही दिनअघि पार्टीका चार पोलिटव्युरो सदस्यहरु मोहन कार्की, कृष्ण धमला, ओमप्रकाश पुन र पदम राई पनि पक्राउ परेका थिए। उनीहरु नागढुंगाबाट पक्राउ परेका थिए।
चुनावअघिदेखि नै अर्ध भूमिगत रहँदै आएको यो पार्टी २०७० पुसमा तत्कालीन नेकपा – माओवादी (मोहन वैद्य किरण समूह)बाट फुटेको थियो।
Comments
अरु समाचार
-
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एकैदिन साढे तीनकरोड जम्मा
काठमाडौँ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आज एकैदिन रु तीन करोडभन्दा बढी रकम हस्तान्तरण भएको छ । प्रधानमन्त्री केपी शर्मा...
-
राष्ट्रपति पौडेलसँग राष्ट्रियसभाका अध्यक्ष दाहालको भेट
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रियसभाका अध्यक्ष नारायण दाहालले भेट गरेका छन् । आज राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा...
-
परराष्ट्रमन्त्री डा.राणा आज स्वदेश फर्कर्दै
काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा कतारको दोहामा आयोजित एसिया कोअपरेसन डायलग (एसिडी)को तेस्रो सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यहाँ...
-
प्रधानमन्त्रीसँग बंगलादेशका मन्त्री हसनको शिष्टाचार भेट
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपालमा रहेकी बङ्गलादेशको वन, वातावरण, जलवायु परिवर्तन तथा जलस्रोतमन्त्री सैयदा रिजवाना हसनले आज शिष्टाचार...
-
जर्मनी एकीकरण दिवस समारोहमा उपराष्ट्रपति सरिक
काठामाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादव जर्मनी एकीकरण दिवसका अवसरमा नेपालका लागि उक्त मुलुकका राजदूत डा.थोमस प्रिन्जले बुधबार साँझ आयोजना गरेको...
-
न्यायलय सुधार गर्ने वरिष्ठ न्यायाधीश राउतको २४ बुँदे कार्ययोजना
-सजिव कालाखेती काठमाडौं । सर्वोच्च अदालतमा कल्याण श्रेष्ठको कार्यकाल यता सबै भन्दा सक्षम,योग्य,इमान्दार,अनुभवी,लोकतान्त्रिक, बौद्विक र कार्यकुशल प्रधानन्यायाधीशमा प्रकाशमान सिंह राउत...
-
सबै संयन्त्रलाई सतर्क रहन गृहमन्त्री लेखकको निर्देशन
काठमाडौं । गृहमन्त्री रमेश लेखकले कोशी र बागमती प्रदेशका केही ठाउँमा भारी वर्षा हुनसक्ने पूर्वानुमान गरिएकाले सोहीअनुसार सतर्क रहन सम्बद्ध...
-
बारका अध्यक्ष घिमिरेविरुद्ध अदालत अवहेलना मुद्दा दर्ता
काठमाडौं । सर्वोच्च अदालत प्रशासनले नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेविरुद्ध अवहेलनासम्बन्धी मुद्दा दर्ता गरेको छ। न्यायाधीश सिफारिस सम्बन्धमा घिमिरेले...
-
राष्ट्रसङ्घीय महासभामाबारे प्रधानमन्त्रीद्वारा संसदीय दललाई जानकारी
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा आफूले गरेको सम्बोधन र त्यसक्रममा भएका दुईपक्षीय भेटवार्ता र...