ताजा समाचार

नेशनल ट्रेडिङ र खाद्य संस्थानलाई मर्ज गरी राष्ट्रिय आपूर्ति कम्पनी बनाउने सरकारको निर्णय

काठमाडाैँ २५, साउन ।    मन्त्रिपरिषदको बैठकले नेपाल खाद्य संस्थान र नेशनल ट्रेडिङ लिमिटेडलाई एकीकरण गरेर राष्ट्रिय आपूर्ति कम्पनी बनाउने निर्णय गरेको छ । शुक्रबार राती बसेको मन्त्रिपरिषदको बैठकले सो निर्णय गरेको हो ।

यस्तै असोजभित्र कार्यान्यनमा आइसक्नुपर्ने कानुन मध्ये ९० प्रतिशत   कानुन निर्माण प्रक्रिया पूरा भएको र अब चार पाँच वटा कानुनका बिधेयकहरु संसदमा पेस गर्ने तयारीमा सरकार रहेको मन्त्रीपरिषदको बैठकपछि सञ्चार तथा सुचना प्रविधीमन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।

बैठकले जनस्वास्थ्य सेवा सम्बन्धमा व्यवस्था गर्न बनेका बिधेयक २०७५ संघीय संसदमा पेश गर्ने निर्णय समेत गरेको छ ।

यस्तै मकवानपुर र डोटीमा बालसुधार गृह सञ्चालन गर्ने निर्णय पनि भएको छ ।

यस्तै प्रदेशमा कर्मचारी अभाव हटाउन सिधै प्रदेश सरकारलाई कर्मचारी पठाउने निर्णय गरिएको छ । यसबारे मन्त्री बास्कोटाले भने–‘प्रदेशमा कर्मचारी अभावमा काम राम्रोसँग हुन नसकेको भन्ने कुरा आइरहेको सन्र्दभमा त्यसलाई परिपूर्ति गर्ने उद्देश्यले प्रदेश मन्त्रालय वा अन्र्तगतका स्वीकृत संगठन संरचना तथा दरबन्दीमा सेवा सञ्चालन गर्ने मन्त्रालय वा केन्द्रीय निकायले कर्मचारीहरुलाई कामकाज गर्न खटाउदा राजपत्राङकित द्धितिय श्रेणी वा सो सरह वा सो भन्दा मुनीका कर्मचारीहरुलाई एकमुष्ठ रुपमा प्रदेश मुख्यमन्त्री वा प्रदेश प्रमुखको कार्यालयमा खटाउने निर्णय गरिएको छ । प्रदेश सरकारले नै उनीहरुलाई आवश्यक ठाउँमा खटाउने सक्नेछन् ।’

बैठकले मानव अधिकार आयोगको सिफारिस बमोजिम विभिन्न घटनाका पीडितहरुलाई क्षतिपूर्तिको रकम उपलब्ध गराउने निर्णय गरेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org