ताजा समाचार

प्रहरीका चार डिआइजी सहित २७ एसएसपीको सरूवा, कसलाई कहाँको जिम्मेवारी ? सूची सहित

काठमाडाैँ ३१, साउन ।  चार डिआइजी सहित नेपाल प्रहरीका २७ जना वरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवा भएको छ । भदौ महिनाको सेवा सुविधा सरुवा भएको ठाउँबाट नै पाउने गरी बुधबार सरुवा गरिएको हो । चार डिआइजी मध्ये महेश विक्रम शाह कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत, सुरेशविक्रम शाह, प्रहरी प्रधान कार्यालय तालिम निर्देशनालय, सुरज केसी प्रदेश ७ प्रहरी कार्यालय र धिरु बस्नेत प्रहरी प्रधान कार्यालय सुरक्षा सेवा व्यवस्थापन निर्देशनालयमा सरुवा भएका छन् ।

यसैगरी काठमाडौं प्रहरी परिसरका एसएसपी विश्वराज पोखरेलका ठाउँमा बसन्त लामालाई ल्याएको छ। पोखरेललाई प्रहरी कन्सुलरका रूपमा भारतको नयाँ दिल्लीस्थित नेपाली दुतावासमा सरुवा गरिएको छ । एसएसपी पोखरेलले गत माघ २८ गतेदेखि काठमाडौं प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका थिए । एसएसपी लामा ३३ किलो सुन तस्करी सनम शाक्य हत्याका प्रकरणमा अनुसन्धानका लागि सरकारले गठन गरेको उच्चस्तरीय छानवीन टोलीका एक सदस्य हुन् । ललितपुर प्रहरी प्रमुखमा गणेश ऐरको ठाउँमा रवीन्द्र धानुकलाई सरुवा गरिएको छ ।

त्यसैगरी एसएसपी अरूण बिसीलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोग, ईश्वरबाबु कार्कीलाई मानव बेचबिखन अनुसन्धान ब्यूरो, उत्तम सुवेदीलाई प्रहरी प्रधान कार्यालय, किशोर दाहाललाई प्रदेश नम्बर १ प्रहरी कार्यालय, तारिणी लम्साललाई प्रदेश नम्बर ३ कार्यालय, दिलिप चौधरीलाई विपद् व्यवस्थापन महाशाखामा सरूवा गरेको छ । त्यसैगरी नलप्रसाद उपाध्यायलाई युक्ति महाविद्यालय, नरबहादुर खत्रीलाई प्रदेश नम्बर ५ प्रदेश कार्यालय, निरज बहादुर शाहीलाई साइबर ब्यूरो, पुरूषोत्तम कँडेललाई भर्ना छनोट महाशाखा, पूर्णचन्द्र जोशीलाई विशेष सशस्त्र प्रहरी निर्देशनालयमा पठाएको छ।

प्रकाशजंग कार्कीलाई प्रदेश तालिम केन्द्र पोखरा, विकास श्रेष्ठलाई कार्य महाशाखा, प्रद्युम्न कार्कीलाई महानगरीय प्रहरी कार्यालय रानीपोखरी, वीरेन्द्र श्रेष्ठलाई पश्चिम क्षेत्रीय तालिम केन्द्र, महाउँद आलम खाँलाई आतंकवाद नियन्त्रण महाशाखामा सरुवा गरेको छ। त्यसैगरी राजेश लाल कर्णलाई अपराध अनुसन्धान विद्यालय, मुकुन्द राज आचार्यलाई क्षेत्रीय तालिम केन्द्र जनकपुर, शरद खत्रीलाई संघीय प्रहरी इकाई कोशी, रामकृपाल शाहलाई प्रहरी तालिम केन्द्र दीपायल, सहकुल थापालाई पूर्व क्षेत्रीय तालिम केन्द्र विराटनगर र हरिबहादुर पाललाई प्रहरी प्रधान कार्यालय योजना अन्वेषण योजना निर्देशनालयमा सरुवा गरेको छ

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org