एसियाली खेलकुदमा नेपाल तेस्रो दिन पनि पदकविहीन
काठमाडाैण ५, भदाै । एसियाली खेलकुदमा नेपाललाई सर्वाधिक पदक दिलाएको तेक्वान्दो खेल इन्डोनेसियाको जकार्तामा जारी १८ औं एसियाली खेलकुदमा भने कमजोर सावित भइरहेको छ । तेक्वान्दोको तेस्रो दिन सकिँदा नेपाल पदकविहीन छ ।
तेस्रो दिन नेपालबाट एक पुरुष र दुई महिला खेलाडीले प्रतिस्पर्धा गरेका थिए । त्यसमा एक खेलाडीले मात्र पहिलो चरण पार गर्न सफल हुँदा दुई खेलाडी पहिलो चरणमै रोकिए ।
महिला ५७ केजीमुनि ज्ञानी चुनारा क्वार्टरफाइनलमा फिलिपिन्सकी लोपेज पाउलिन लोइससँग २०-० को फराकिलो अन्तरले पराजित भइन् । त्यसअघि ज्ञानीले पहिलो चरणमा भुटानकी छोडेन किन्जाङलाई २८-६ ले हराउँदै क्वाटरफाइनलमा स्थान बनाएकी थिइन् ।
महिला ६७ केजीमाथिको पहिलो चरणमा ओलम्पियन निशा रावललाई चीनकी गाउ पानले २२-६ ले निराश पारिन् । पुरुष ८० केजीमाथि अनोज पुजारी पहिलो चरणमै सीमित भए । काजाकिस्तानका झापारोभ रुसलानले अनोजमाथि २१-० को सहज जित दर्ता गरे ।
तेक्वान्दोमा नै सोमबार गेरोगीतर्फ पुरुष ५८ केजीमुनि नेपालका सागर गुभाजु क्वाटरफाइनलमा पराजित भएका थिए । सागर भियतनामका खेलाडीसँग २५-५ अंकले पराजित भए । त्यसअघि अन्तिम १६ को खेलमा सागरले भुटानका दोर्जी तेन्जिङलाई ५४-४० ले हराउँदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरेका थिए ।
त्यसैगरी महिला ५३ केजीमुनि नेपालकी निमा गुरुङ लेबनानकी खेलाडीसँग २३-१० तथा ६७ केजीमुनि नेपालकी संगीता नेपाली बस्याल फिलिपिन्सकी खेलाडीसँग २०-१७ ले पछि परे ।
यस्तै आइतबार तेक्वान्दोको व्यक्तिगत पुम्सेतर्फ पुरुषमा नेपालका कमल श्रेष्ठ र महिलामा पार्वती गुरुङले पनि राम्रो खेल देखाउन सकेनन् । कमल र पार्वती दुवै चाइनिज ताईपेईंका खेलाडीसँग चुके ।
महिला टिम पुम्सेको क्वाटरफाइनलमा पनि नेपाल चाइनिज ताइपेईंसँग नै पछि पर्यो । त्यसअघि उज्वेकिस्तान टोली डिस्क्वालिफाइ घोषित भएपछि नेपाल क्वाटरफाइनलमा सिधै प्रवेश गरेको थियो ।
अब बुधबार नेपालका दुई पुरुष खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । भुपेन्द्र श्रेष्ठले पुरुष ८० केजीमुनि तथा वीरबहादुर महराले ६३ केजीमुनि तौलसमूहमा खेल्नेछन् ।
यसअघि एसियाली खेलकुदमा नेपालले १ रजत र २२ कांस्य पदक जितेको छ । त्यसमा नेपालले जितेको सबैभन्दा ठूलो एक रजत पदक पनि तेक्वान्दोले नै दिलाएको थियो । तेक्वान्दोबाट नेपालले १ रजत र १३ कांस्य गरी १४ पदक जितेको छ ।
तेक्वान्दोमा कहिले कसले पदक जिते ?
१९८६ माः कांस्य पदक – राजकुमार राई, बिधान लामा, राजकुमार बुढाथोकी र रामबहादुर घर्ती क्षेत्री
१९९४ माः कांस्य पदक – मानबहादुर शाही
१९९८ माः रजत पदक – सविता राजभण्डारी
कांस्य पदक – सपना मल्ल र किशोर श्रेष्ठ
२००२ माः कांस्य पदक – दीपक बिष्ट, रेनुका मगर र रितुजिमी राई
२००६ माः कांस्य पदक – दीपक बिष्ट, मनिता शाही र आयशा शाक्य
Comments
अरु समाचार
-
टी-२० सिरिज अन्तर्गत नेपालले आज वेस्टइन्डिजसँग चौंथो खेल खेल्दै
काठमाडौं । वेस्टइन्डिज ए सँगको टी-२० सिरिजअन्तर्गत नेपालले आज चौंथो खेल खेल्दैछ । खेल दिउँसो १२ स् १५ मा त्रिवि...
-
आइपीएलः पञ्जाबले चेन्नईमाथि ७ विकेटको सहज जित हात हात पार्यो
काठमाडौं । पञ्जाब सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ को ४९ औं खेलमा चेन्नई सुपर किंग्समाथि ७ विकेटको सहज...
-
राेहितकाे कप्तानीमा टी–२० विश्वकप खेल्ने नेपाली टाेलीकाे घाेषणा
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले विश्वकप खेल्ने नेपाली टोलीको घोषणा गरेको छ । बुधबार क्यानले टिमको घोषणा गरेको हो ।...
-
वेस्ट इन्डिज ‘ए’द्वारा नेपालसामु २२८ रनको लक्ष्य
काठमाडौं । टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ले नेपालसामु जितका लागि दुई सय २८ रनको लक्ष्य प्रस्तुत गरेको छ...
-
टस हारेर फिल्डिङ गर्दै नेपाल, दीपेन्द्र सिंहको कप्तानी
काठमाडाैं। पाँच खेलको टी–२० श्रृङ्खला अन्तर्गत आज नेपाल र वेस्ट इन्डिज ‘ए’ बीच तेस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ले टस जितेर...
-
नेपाल र वेस्ट इन्डिज ‘ए’ बीच आज तेस्रो खेल हुँदै
काठमाडौं । नेपाल र वेस्ट इन्डिज ‘ए’ बिचको तेस्रो खेल आज (बुधबार) हुँदैछ। दुई खेल सकिँदा एकएक अंक बाँडेका नेपाल...
-
भिसा नआएपछि नेपाली राष्ट्रिय टोलीको ‘फ्लाइट क्यान्सिल’
काठमाडौँ। इङ्ल्यान्ड ‘सी’ सँग मैत्रीपूर्ण खेल खेल्न बेलायत प्रस्थान गर्न लागेको नेपाली राष्ट्रिय टोलीको ‘फ्लाइट क्यान्सिल’ भएको छ। टोली मंगलबार बिहान...
-
भलिबल प्रतियोगितामा नेपालले बङ्गलादेशसँग फाइनल खेल्दै
काठमाडौं । नेपाली टोलीले मित्रराष्ट्र बङ्गलादेशको राजधानी ढाकामा जारी अन्तर्राष्ट्रिय यु–१९ भलिबल प्रतियोगिताको आज फाइनल खेल खेल्दै छ । नेपालले...
-
नेपाललाई जितका लागि १६१ रनको लक्ष्य
काठमाडौं । वेस्ट इन्डिज ‘ए’ले नेपाल सामू जितका लाग एक सय ६१ रनको लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन...