बिमस्टेक सम्मेलन:परराष्ट्रसचिव स्तरीय बैठक जारी, के-के छन् एजेन्डा ?
काठमाडाैं १२,भदाै । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी प्रयास (बिमस्टेक)को चौथो सम्मेलन तयारीका क्रममा अहिले परराष्ट्रसचिवस्तरीय वैठक बसिरहेको छ ।
होटल सोल्टीमा जारी वैठकले बुधवार परराष्ट्रमन्त्रीस्तरीय वैठकका लागि एजेन्डा तय गर्नेछ । अपरान्ह साढे पाँच बजे सचिवस्तरीय वैठकबारे परराष्ट्रमन्त्रालयले सञ्चारकर्मीलाई ब्रिफिङ गर्ने कार्यक्रम छ ।
परराष्ट्रसचिवस्तरीय बरिष्ठ अधिकारीहरुको वैठकको अध्यक्षता परराष्ट्रसचिव शंकरदास बैरागी गरेका छन् । बैठकमा भारत, बंगलादेश, भूटान, म्यानमार, श्रीलंका र थाइल्याण्डका परराष्ट्रसचिव सहभागी छन् । उनीहरुलाई सोमवार साँझ सचिव वैरागीले रात्रीभोज दिएका छन् ।
परराष्ट्रसचिवस्तरीय बैठकका एजेन्डा
१. नयाँ दिल्लीमा मे १० र ११ मा सम्पन्न भन्सार सञ्चालनसम्बन्धी कार्यदलको पहिलो बैठकको प्रतिवेदन
२. ढाकामा २०१७ नोभेम्बर १३ र १४ सम्पन्न यातायात तथा सञ्चारसम्बन्धी बिमस्टेकको दोस्रो वैठकको प्रतिवेदन
३. नयाँदिल्लीमा २०१७ नोभैम्बर २७ र २८मा सम्पन्न बिमस्टेक कोस्टल सिपिङ एग्रिमेन्टसम्बन्धी प्रतिवेदन
४. नयाँ दिल्लीमा २०१८ अप्रिल ९ र १० मा सम्पन्न बिमस्टेक मोटर भेइकल एग्रिमेन्टको प्रतिवेदन
५. श्रीलंकाको कोलम्बोमा २०१७ नोभेम्बर २१ र २२ मा सम्पन्न बमस्टेक टेक्नोलोजी ट्रान्सफर फेसिलिटीसम्बन्धी विज्ञ समूहले तयार गरेको प्रतिवेदन
६. वंगलादेशको ढाकामा २०१८ मार्च २८ बिमस्टेकका सुरक्षा प्रमुखहरुको दोस्रो वैठकले तयार गरेको प्रतिवेदन
७ बंगलादेशको ढाकामा २०१८ अगस्ट १३ र १४मा सम्पन्न बिमस्टेकको संयुक्त कार्यदलले तयार गरेको प्रतिआतंकवाद र अन्तरदेशिय अपराध सम्बन्धी प्रतिवेदन
८. थाइल्याण्डको चियाङ रायमा २०१७ नोभेम्बर १२ देखि १६ सम्म बसेको विज्ञ समूहको छैठौँ बैठकले तयार गरेको कृषिमा सहकार्यसम्बन्धी प्रतिवेदन
९. गरिबी निवारणसम्बन्धी २०१७ नोभेम्बर १ मा काठमाडौंमा सम्पन्न बरिष्ठ अधिकारीहरुको वैठकले तयार गरेको प्रतिवेदन
१०. २०१८ डिसेम्बर १९ र २० मा श्रीलंकाको कोलोम्बोमा गरिबी निवारणसम्बन्धी वैठकले तयार गरेको प्रतिवेदन
११. २०१७ अक्टोबर २४ र २५ मा नयाँ दिल्लीमा परम्परागत औषधीसम्बन्धी बिमस्टेक कार्यदलको पहिलो वैठकले तयार गरेको प्रतिवेदन
१२. बंगलादेशको ढाकामा २०१८ अप्रिल ५ मा बिमस्टेक संयुक्त कार्यदलको विशेष वैठकले तयार गरेको स्थायी सचिवालय स्थापनासम्बन्धी प्रतिवेदन, त्यससम्बन्धी श्रीलंकाको कोलम्बोमा २०१८ जुलाई १० को वैठकको प्रतिवेदन, सचिवालयको अनुमानित बजेट तथा गाडी खरिदसम्बन्धी मस्यौदा
१३. बिमस्टेक चौथो शिखर सम्मेलनको घोषणापत्र मस्यौदा, समझदारीपत्रमा हस्ताक्षरसम्बन्धी बिषयको तयारी
१४. श्रीलंकालाई अध्यक्षता हस्तान्तरण तथा अर्को सम्मेलनको मिति र स्थान
Comments
अरु समाचार
-
राष्ट्रियसभाको बैठक पनि सर्यो
काठमाडौं । दिउँसो १ बजेर १५ मिनेटका लागि तय गरिएको राष्ट्रियसभाको बैठक दुई घण्टाका लागि सारिएको छ । संसद् सचिवालयका...
-
विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ: महासचिव पोख्रेल
काठमाडौं । नेकपा (एमाले)का महासचिव शङ्कर पोख्रेलले विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्ने बताएका छन् । प्रेस चौतारी दाङले आज तुलसीपुरमा आयोजना...
-
सहकारी ठगी प्रकरणः छानबिन समितिको कार्यादेश टुंगो लगाउन कार्यदलको बैठक बस्दै
काठमाडौं । सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश टुंगो लगाउन चार सदस्यीय कार्यदलको बैठक बसिरहेको छ । कानुनमन्त्री पदम...
-
सदन सञ्चालनबारे दलका प्रमुख सचेतकहरुसँग छलफल गर्दै सभामुख
काठमाडौं । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको ११ बजे निर्धारण गरिएको बैठक सञ्चालन गर्न दलका प्रमुख सचेतकहरुसँग छलफल गर्दै छन् ।...
-
सर्वोच्च अदालतले आज वरिष्ठ अधिवक्ताको उपाधि दिँदै
काठमाडौं । सर्वोच्च अदालतले आज वरिष्ठ अधिवक्ताको उपाधि दिँदैछ । बरिष्ठ अधिवक्ता सिफारिस समितिका संयोजक सर्वोच्चका न्यायाधीश प्रकाश राउतको सिफारिसका...
-
सहकारी ठगी प्रकरणको अनुसन्धान गर्न गठित समितिको बैठक बस्दै
६ जेठ, काठमाडौं । सहकारी संस्था ठगीको विषय छानबिन गर्ने संसदीय समितिको कार्यादेश टुंगो लगाउन दलहरु प्रयासमा छन् । त्यसका...
-
राष्ट्रियसभा बैठक बस्दै, प्रतिवेदन तथा अध्यादेश पेस गर्ने कार्यसूची
काठमाडौँ । राष्ट्रियसभा बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजेर १५ मिनेटमा संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ ।बैठकमा...
-
प्रतिनिधिसभाको बैठक: राष्ट्रपतिले गरेको सम्बोधनको प्रति टेबल गरिने
काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्ने छ ।...
-
संसदको गतिरोध हटाउन दलहरु छलफलमा, प्रधानमन्त्रीले विश्वासको मत लिनु अघि नै सहमति जुटाउने
काठमाडौं। संसदको गतिरोध हटाउन दलहरु आज पनि छलफलमा जुट्दैछन् । अस्ति बिहीवारको बैठकमा सत्तापक्ष र प्रतिपक्षका सांसदबीच धकेलाधकेल भएपछि तिक्ततापूर्ण...