एसिया कप छनोटः ओमानसँग नेपाल पराजित
काठमाडाै १३,भदाै । मलेसियामा जारी एसिया कप क्रिकेट छनोट अन्तर्गत नेपाललाई ओमानले ७ विकेटले हराएको छ। नेपालले दिएको २२२ रनको लक्ष्य पछ्याएको ओमानले १२ बल बाँकी छँदै मात्र ३ विकेट गुमाएर जित हात पारेको हो।
ओमानको जितमा खावर अलीले सर्वाधिक नटआउट ८४ रन बनाए। वैभव वाटेगावन्करले ४१ , जतिन्दर सिंहले ३० र जीसन मकसुदले अविजित ४५ रन बनाए।
३३ रन जोड्दा पहिलो विकेट गुमाएको ओमानले दोस्रो विकेटका लागि ३८ रनको साझेदारी गरेको थियो।
नेपालका लागि कप्तान पारस खड्काले एक विकेट लिए। २ ब्याट्सम्यान रन आउट भएका थिए।
यसअघि वायुमास ओभल मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ९ विकेटको क्षतिमा २२१ रन बनाएको थियो।
नेपालका लागि सागर पुनले सर्वाधिक ८३ रन बनाए पनि जित निकाल्न सकेनन्। उनले ८४ बल खेल्दै ८३ रन जोडे।
यस्तै उपकप्तान ज्ञानेन्द्र मल्लले ६० बलमा ६ चौका र एक छक्काको सहयोगमा ४५ रनको योगदान दिए।आरिफ शेखले ७४ बलमा ३६ रन बनाउँदा करण केसीले १० बलमा नटआउट २६ रन जोडे।
दिपेन्द्र सिंह ऐरीले ९, कप्तान पारस खड्काले ८, सोमपाल कामीले पाँच र सुवास खकुरेलले चार रन बनाए।
नेपालले दोस्रो खेलमा बिहीबार यूएईसँग खेल्ने छ। प्रतियोगितामा ६ टोली सहभागी छन्। विजेता टोली एसिया कपका लागि छनोट हुनेछ।
Comments
अरु समाचार
-
ला लिगाको उपाधि रियल मड्रिडको पोल्टामा
काठमाडौं । रियल मड्रिडले ३६औं पटक स्पानिस ला लिगाको उपाधि जितेको छ । ला लिगामा दोस्रो स्थानको बार्सिलोना शनिबार राति...
-
वेस्ट इन्डिज ‘ए’ माथि नेपालको ६ विकेटको जीत
काठमाडौं । ओपनर आसिफ शेख र अनिल साहको अर्धशतकप्रेरित नेपालले ट्वान्टी–२० शृंखलाको अन्तिम खेलमा वेस्ट इन्डिज ‘ए’विरुद्ध ६ विकेटको सहज...
-
आईपीएल: शीर्ष स्थानको राजस्थानमाथि हैदरावादको १ रनको सनसनीपूर्ण जित
काठमाडौं। इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा शीर्ष स्थानको राजस्थान रोयर्ल्समाथि सनराइजर्स हैदरावादले १ रनको सनसनीपूर्ण जित निकालेको...
-
वेस्टइन्डिज ‘ए’ले जित्यो टस, नेपालले पायो फिल्डिङको निम्तो
काठमाडौं । वेस्ट इन्डिज ‘ए’ सँगको चौथो खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ । बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा...
-
टी-२० सिरिज अन्तर्गत नेपालले आज वेस्टइन्डिजसँग चौंथो खेल खेल्दै
काठमाडौं । वेस्टइन्डिज ए सँगको टी-२० सिरिजअन्तर्गत नेपालले आज चौंथो खेल खेल्दैछ । खेल दिउँसो १२ स् १५ मा त्रिवि...
-
आइपीएलः पञ्जाबले चेन्नईमाथि ७ विकेटको सहज जित हात हात पार्यो
काठमाडौं । पञ्जाब सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ को ४९ औं खेलमा चेन्नई सुपर किंग्समाथि ७ विकेटको सहज...
-
राेहितकाे कप्तानीमा टी–२० विश्वकप खेल्ने नेपाली टाेलीकाे घाेषणा
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले विश्वकप खेल्ने नेपाली टोलीको घोषणा गरेको छ । बुधबार क्यानले टिमको घोषणा गरेको हो ।...
-
वेस्ट इन्डिज ‘ए’द्वारा नेपालसामु २२८ रनको लक्ष्य
काठमाडौं । टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ले नेपालसामु जितका लागि दुई सय २८ रनको लक्ष्य प्रस्तुत गरेको छ...
-
टस हारेर फिल्डिङ गर्दै नेपाल, दीपेन्द्र सिंहको कप्तानी
काठमाडाैं। पाँच खेलको टी–२० श्रृङ्खला अन्तर्गत आज नेपाल र वेस्ट इन्डिज ‘ए’ बीच तेस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ले टस जितेर...