अवरुद्ध मोबाइल सेवामा आंशिक सुधार आउदै
काठमाडाैँ १९,भदाै । नेपाल टेलिकमको मोबाइलमा मंगलबार बिहानैदेखि देखिएको समस्या आंशिक रुपमा समाधान भएको छ ।
टेलिकमको जीएसएम प्रि–पेड र पोस्टपेड मोबाइल सेवामा मंगलबार बिहान ६ बजेदेखि नै आएको खराबी मा २ घन्टापछि आंशिक सुधार आएको हो ।
बिहानदेखि ठप्प मोबाइल सेवामा आंशिक सुधार आए पनि पूर्ण रुपमा सहज हुन भने केही समय लाग्ने टेलिकमले जनाएको छ । प्राविधिकहरु समस्या समाधान गर्न लागिपरेकाले छिट्टै यथावत रुपमा सञ्चालन हुने टेलिकमको भनाइ छ ।
नेवटर्कमा के कारणले खराबी आएको हो भन्नेबारे भने टेलिकमले केही पनि खुलाएको छैन ।
नेपाल टेलिकमको नेटवर्कमा देखिएको यो खराबी पहिलो भने होइन । यसअघि पनि पटक–पटक टेलिकममा यस्ता समस्याहरु आउने गरेका थिए । यद्यपि, यस्ता समस्याहरु टेलिकममा अझै पनि दोहोरिरहेका छन् ।
Comments
अरु समाचार
-
सोह्रौँ योजना कार्यान्वयन गर्न अनुमानित लागत रु एक सय ११ खर्ब
काठमाडौं । सोह्रौँ योजना कार्यान्वयनका लागि करिब रु एक सय ११ खर्ब लागत अनुमान गरिएको छ । राष्ट्रिय योजना आयोगले...
-
उप्रधानमन्त्री लामिछाने र स्वीडेनका राजदूत थेलेफबीच भेटवार्ता
काठमाडौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेसँग नेपालका लागि स्वीडेनका राजदूत जन थेलेफले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । आज भएको...
-
नेप्से परिसूचक नौ दशमलव ५४ अङ्कले घट्यो
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा नौ दशमलव ५४ अङ्कको गिरावट देखिएको छ । आज परिसूचक शून्य दशमलव ४७...
-
खार्किभ क्षेत्रका केही भागबाट युक्रेनी सेना फिर्ता
काठमाडौं । गत सातादेखि रूसी सेना सीमातर्फ अगाडि बढ्दै बस्तीहरूमा आक्रमण सुरु गरेपछि युक्रेनले पूर्वी खार्किभ क्षेत्रका धेरै गाउँ नजिकै...
-
धनुषामा तीन दिनमा रु डेढ करोडभन्दा बढीको सामान बरामद
काठमाडौं । जिल्ला प्रहरी कार्यालय धनुषाले तीन दिनमा रु डेढ करोडभन्दा बढी लागतका भन्सार छलेर ल्याइएका सामान नियन्त्रणमा लिएको छ...
-
प्रतितोला एक हजार रुपैयाँले बढ्यो सुनको मूल्य
काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १...
-
उच्च अदालत पाटनबाहिर कडा सुरक्षा
काठमाडौं । सन्दीप लामिछानेको मुद्दामा अन्तिम सुनवाइ भइरहँदा पाटन उच्च अदालतबाहिर सुरक्षा व्यवस्था कडा बनाइएको छ । सन्दीपका समर्थक मात्र...
-
जसपा दल विभाजनसम्बन्धी रिट न्यायाधीश शर्माको इजलासमा
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टी फुटाउने अशोक राई पक्षको कदम र निर्वाचन आयोगको मान्यताविरुद्ध...
-
‘म स्वदेशमै पढ्छुु’ विद्यार्थी महोत्सव जारी
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले भृकुटीमण्डपमा आयोजना गरेको ‘म स्वदेशमै पढ्छु...