टी–२० विश्वकप छनोट : नेपालले थाल्दैछ बिहीबारबाट तयारी
काठमाडाैँ २,असोज । सन् २०२० मा अस्ट्रेलियामा हुने टी–२० विश्वकपको पहिलो चरणको छनोट प्रतियोगिताका लागि नेपालले बिहीबारबाट तयारी गर्ने भएको छ।
नेपाली राष्ट्रिय टिमका प्रमुख प्रशिक्षक जगत टमाटाले खेलाडीहरु बुधबारसम्म काठमाडौंमा उपलब्ध हुने र बिहीबारदेखि तयारी थाल्ने जनाएका छन्।
‘हामीले आइसिसीलाई तयारी लागि पत्राचार गरिसकेका छौं,’ उनले नेपाल लाइभसँग भने,’भोलि सबै खेलाडी जम्मा भइसक्छन्। पर्सिदेखि तयारी थाल्छौं।’
तयारीमा यसअघि घोषणा गरिएको प्रारम्भिक टिममा परेका खेलाडीलाई बोलाइएको टमाटाले बताए। ‘हामीले तयारी गर्नका लागि यसअघि क्याम्पमा बोलाएका २ दर्जन खेलाडीलाई समावेश गर्छौं,’ उनले भने।
१० दिन नेपालमा अभ्यास गरेपछि १४ सदस्यीय राष्ट्रिय टिम घोषणा गरिने टमाटाले बताए। पहिलो चरणको छनोट प्रतियोगिता मलेसियामा असोज १७ देखि २६ गतेसम्म हुनेछ। नेपाली टिम असोज १५ गते मलेसिया जाने कार्यक्रम छ।
पहिलो चरणको छनोटमा नेपालसहित ७ टिमले भाग लिँदैछन्। एसियाको पूर्वी राष्ट्रबीच हुने प्रतिस्पर्धामा नेपाल, सिंगापुर, मलेसिया, भुटान, चीन, म्यानमार र थाइल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ। राउन्ड रोबिनको आधारमा हुने प्रतिस्पर्धाबाट ३ टिम दोस्रो चरणको छनोटमा छानिनेछन्।
यसअघि नेपालले गत महिना मलेसियामा नै एसिया कपको छनोट खेलेको थियो। तर नेपालले सोचे अनुरुप प्रदर्शन गर्न नसक्दा एसिया कपमा छनोट हुन सकेन। नेपालले औसत प्रदर्शन गर्न समेत सकेको थिएन। उक्त प्रतियोगिताबाट धेरै सिकेकाले टी–२० छनोटमा केहि सहज हुने टमाटाको भनाइ छ। तर उनले कुनै प्रतिद्वन्द्वीलाई कमजोर नआँक्ने बताए। ‘मलेसियाको विकेटबारे हामी जानकार छौं। यसले हामीलाई फाइदा पुग्छ,’ उनले भने,’ हाम्रो एक मात्र उद्देश्य दोस्रो चरण पुग्नु हो। त्यसलै हामी आफ्नो शतप्रतिशत दिनेछौं।’
यसअघि एसियाको पश्चिम क्षेत्रीय छनोटबाट ३ टिमले दोस्रो चरणमा स्थान पक्का गरिसकेका छन्। एसिया पश्चिम क्षेत्रबाट यूएई, कतार र कुवेतले अन्तिम दोस्रो चरणमा स्थान बनाएका थिए। दोस्रो चरणमा यूएई, कतार र कुवेतसँगै पूर्व क्षेत्रबाट छनोट हुने ३ टिमसहित ६ टिमबीच प्रतिस्पर्धा हुनेछ। तेस्रो चरणमा विश्वभरबाट छानिएका १४ टिमबीच प्रतिस्पर्धा हुनेछ। १४ मध्ये ६ टिम टी–२० विश्वकप २०२० का लागि छनोट हुनेछन्।
पहिलो चरणको छनोटमा नेपालको खेल
असोज १७– नेपाल भर्सेस म्यानमार– किनरारा ओभल
असोज २०– नेपाल भर्सेस मलेसिया– किनरारा ओभल
असोज २१– नेपाल भर्सेस थाइल्यान्ड– किनरारा ओभल
असोज २३ – नेपाल भर्सेस भुटान– बायुमास ओभल
असोज २४– नेपाल भर्सेस चीन– किनरारा ओभल
असोज २६– नेपाल भर्सेस सिंगापुर– किनरारा ओभल
Comments
अरु समाचार
-
ला लिगाको उपाधि रियल मड्रिडको पोल्टामा
काठमाडौं । रियल मड्रिडले ३६औं पटक स्पानिस ला लिगाको उपाधि जितेको छ । ला लिगामा दोस्रो स्थानको बार्सिलोना शनिबार राति...
-
वेस्ट इन्डिज ‘ए’ माथि नेपालको ६ विकेटको जीत
काठमाडौं । ओपनर आसिफ शेख र अनिल साहको अर्धशतकप्रेरित नेपालले ट्वान्टी–२० शृंखलाको अन्तिम खेलमा वेस्ट इन्डिज ‘ए’विरुद्ध ६ विकेटको सहज...
-
आईपीएल: शीर्ष स्थानको राजस्थानमाथि हैदरावादको १ रनको सनसनीपूर्ण जित
काठमाडौं। इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा शीर्ष स्थानको राजस्थान रोयर्ल्समाथि सनराइजर्स हैदरावादले १ रनको सनसनीपूर्ण जित निकालेको...
-
वेस्टइन्डिज ‘ए’ले जित्यो टस, नेपालले पायो फिल्डिङको निम्तो
काठमाडौं । वेस्ट इन्डिज ‘ए’ सँगको चौथो खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ । बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा...
-
टी-२० सिरिज अन्तर्गत नेपालले आज वेस्टइन्डिजसँग चौंथो खेल खेल्दै
काठमाडौं । वेस्टइन्डिज ए सँगको टी-२० सिरिजअन्तर्गत नेपालले आज चौंथो खेल खेल्दैछ । खेल दिउँसो १२ स् १५ मा त्रिवि...
-
आइपीएलः पञ्जाबले चेन्नईमाथि ७ विकेटको सहज जित हात हात पार्यो
काठमाडौं । पञ्जाब सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ को ४९ औं खेलमा चेन्नई सुपर किंग्समाथि ७ विकेटको सहज...
-
राेहितकाे कप्तानीमा टी–२० विश्वकप खेल्ने नेपाली टाेलीकाे घाेषणा
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले विश्वकप खेल्ने नेपाली टोलीको घोषणा गरेको छ । बुधबार क्यानले टिमको घोषणा गरेको हो ।...
-
वेस्ट इन्डिज ‘ए’द्वारा नेपालसामु २२८ रनको लक्ष्य
काठमाडौं । टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ले नेपालसामु जितका लागि दुई सय २८ रनको लक्ष्य प्रस्तुत गरेको छ...
-
टस हारेर फिल्डिङ गर्दै नेपाल, दीपेन्द्र सिंहको कप्तानी
काठमाडाैं। पाँच खेलको टी–२० श्रृङ्खला अन्तर्गत आज नेपाल र वेस्ट इन्डिज ‘ए’ बीच तेस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ले टस जितेर...