ताजा समाचार

भारतद्वारा वेष्ट इन्डिज २२४ रनले पराजित

काठमाडौं। चौथो एक दिवसीय क्रिकेट खेलमा भारतद्वारा वेष्ट इन्डिज २२४ रनको फराकिलो अन्तरले पराजित भएको छ  । सोमबार राति सम्पन्न भएको चौथो खेलमा भारतसँग वेष्ट इन्डिजले लज्जास्पद हार ब्यहोरेको हो ।

३७८ रनको विशाल चुनौती पछ्याउँदै ब्याटिङ गरेको वेष्ट इन्डिजले ३६.२ ओभरमा सबै विकेटको क्षतिमा १५३ रन मात्रै बनाउन सक्यो । वेष्ट इन्डिजका कुनै पनि ब्याट्सम्यानले राम्रो रन बनाउन सकेनन् । वेष्ट इन्डिजका लागि कप्तान जासन होल्डरले अविजित ५४ रन बनाए ।

वेष्ट इन्डिजका ब्याट्सम्यानलाई धरासायी बनाउन भारतका कुलदीप यादव र खालिल अहमदले समान ३–३ विकेट लिए ।मुम्बईमा यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले वेष्ट इन्डिजविरुद्ध ३७७ रनको विशाल स्कोर बनाएको थियो । भारतका लागि दुई जना खेलाडीले शतक प्रहार गरे । भारतका ओपनर रोहित शर्माले १६२ रन बनाए । उनले १३७ बलमा २० चौका र ४ छक्का प्रहार गर्दै १६२ रन बनाएका थिए।

त्यस्तै, भारतका लागि आमबती रयुडुले १०० रन बनाए । उनले ८१ बलमा ८ चौका र ४ छक्का प्रहार गरे । त्यस्तै, भारतका लागि शिखर धवनले ३८ रन बनाए । बलिङतर्फ वेष्ट इन्डिजका केमार रोयचले २ विकेट लिए । ५ खेलको एक दिवसीय सिरिजमा भारतले २–१ ले लिड गरेको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org