कसरी हुन्छ पायल्स ?
सुमित्रा कार्की /काठमाडौँ । हिजो आज पायल्सका बिरामीहरु बढ्दै गएको पाइन्छ । पयाल्स के कारणले गर्दा मानिसमा हुन्छ भन्ने कुरा राम्रोसँग मानिसलाई थाहा नभएका कारण यस रोगका बिरामीहरुको संख्या बढ्दै गएको हो ।
दिसा गर्दा रगत आउँछ, मासु पलाएको छ, दुख्छ, फाटेको, फुलेको या सुन्निएको छ, मलद्वार चिलाउँछ लगायतका समस्या आम मानिसमा सुनिन्छ । कसैको त पीप बग्छ, अंगुरका झुप्पाजस्तो पलाएको छ, रातो डल्लो छ भन्ने सुनिन्छ । यही रोग नै पायल्स हो । कसैलाई यो रोग लाग्दा रगत आउछ भने कसैलाई आउदैन ।पायल्स हुनुको केही प्रमुख कारणहरु यस्ता छन् :
१) गर्हौ वस्तु उठाउनु
गर्हौ वस्तु उठाउनाले पनि पाइल्स हुनसक्छ । धेरै गर्हौ वजन जबर्जस्ती उठाउादा शरीरको तल्लो भागमा दवाव पर्छ, जसका कारण तलको नसा फुटेर पाइल्स हुने सम्भावना वृद्धि हुन्छ ।
२) अधिक व्यायाम गर्नु
कतिपय मानिसलाई अधिक व्यायाम गर्नाले पनि पाइल्सको समस्या हुने गर्छ । शरीरको क्षमताभन्दा बढी व्यायाम गर्दा शरीरको तल्लो भागमा अधिक दवाव पर्छ र पाइल्स हुने सम्भावना बढ्छ ।
३) बाथरुममा धेरै बस्ने
बाथरुममा धेरै बेर बस्ने गर्नाले पाइल्स हुनसक्छ । विशेषगरी बाथरुममा धेरै बेर बसेर मल त्याग गर्दा धेरै जोर लगाउनु पर्छ । यसका कारण मलद्वारको नसा सुन्निने र पाइल्स हुने डर बढ्छ ।
४) जंकफुडको सेवन
बढी मात्रामा तेलयुक्त, अधिक वोसोयुक्त तथा जंकफुडको सेवनले पनि मल कडा हुने गर्छ । परिणामस्वरूप पाइल्सको समस्या निम्तनसक्छ ।
५) कब्जियत
कव्जियतका कारण पेटको फोहोर आन्द्रामै रहन्छ । आन्द्रामा फोहोर जमेमा उक्त फोहोरले मलद्वाराको नसामा असर पुर्याउाछ र उक्त नसा फुटेर पाइल्स हुने गर्छ ।
६) गर्भावस्था
गर्भावस्थाका कारण पनि कब्जियतको समस्या निम्तन्छ र कब्जियतका कारण पाइल्स हुने डर बढ्छ ।
७) निष्किय जीवनशैली
निष्किय जीवनशैली तथा व्यायामको कमीका कारण पाचन तन्त्र कमजोर हुन्छ । कमजोर पाचन तन्त्रका कारण खाना राम्ररी पच्दैन र मलत्याग गर्न समस्या हुने गर्छ । यसका कारण पनि पाइल्स हुनसक्छ ।
८) लुज मोसन
बारम्बार पखाला लागेमा, एकै दिनमा धेरै पटक दिसा गरेमा पनि मलद्वारको नसा कमजोर भई पाइल्स हुने सम्भावना वृद्धि हुन्छ ।
Comments
अरु समाचार
-
अदुवा उत्पादक कृषक मारमा
काठमाडौं । समयमा नै पानी नपरेपछि समय घर्किने भयले अदुवा उत्पादक कृषक चिन्तामा परेका छन् । बैशाख दोस्रो साताभित्र अदुवा...
-
देशलाई अस्थिरताबाट जोगाउन, ठूला दलबीच सहकार्य आवश्यक छ : प्रमुख सचेतक लेखक
कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले देश राजनीतिक अस्थिरतामा फसेको बताएका छन्। प्रेस युनियन कञ्चनपुर शाखाले सोमबार बिहान महेन्द्रनगरमा...
-
चोरले एक तोला सुन निलेपछि
काठमाडौं । पाँचथरमा चोरी गर्न गएका एक व्यक्तिले एक तोला सुन निलेको पाइएको छ । चोरी गर्न गएका फिदिम नगरपालिका–१...
-
संविधानमा व्यवस्था गरेका मौलिक हकहरु व्यवहारमा कार्यान्वयन हुन सकेनन्ः मन्त्री शर्मा
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संविधानमा व्यवस्था गरेका मौलिक हकहरु व्यवहारमा कार्यान्वयन गर्न नसकेको बताएका छन् ।...
-
बाँकेमा पाँच हजार हेक्टर वनमा डढेलो
काठमाडौं । बाँकेका विभिन्न सामुदायिक वन र चक्ला वनको पाँच हजार एक सय ३३ हेक्टर क्षेत्रफलमा डढेलो लागेको छ ।...
-
क्याबिनेट बैठक अपरान्ह बस्दै
काठमाडौँ। आज मन्त्रीपरिषद्को बैठक बस्दै छ । बैठक आज अपरान्ह ४ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बस्ने प्रधानमन्त्री सचिवालयले जनाएको...
-
खडेरीले सुक्न थाल्यो मकै
काठमाडौं । झापामा लामो खडेरीले खेतमै बाली सुक्न थालेपछि झापाका किसान चिन्तामा छन् । घोगा लाग्ने बेलामा खडेरीले मकै बालीमा...
-
नेपालीको औसत आयु ७१ दशमलव तीन वर्ष
काठमाडाैँ । राष्ट्रिय जनगणना २०७८ सँग सम्बन्धित ‘जनसङ्ख्या साक्षरता’ र ‘जनसाङ्खिक सूचक’ पुस्तक सार्वजनिक गर्दै तथ्याङ्क कार्यालयले उक्त तथ्य सार्वजनिक...
-
आज बागमती प्रदेशमा सार्वजनिक बिदा
काठमाडौं । बागमती प्रदेश सरकारले आज (सोमबार) प्रदेशभर सार्वजनिक बिदा दिएको छ । बागमती सरकारले नेपाली भाषाको अतिरिक्त तामाङ भाषा...