ताजा समाचार

श्रीलंकाको संसदमा राजापाक्षेविरूद्ध अविश्वासको प्रस्ताव पारित

एजेन्सी /कोलोम्बो । श्रीलंकाको संसद बैठकले नवनियुक्त प्रधानमन्त्री महिन्दा राजापाक्षेविरूद्ध अविश्वासको प्रस्ताव पारित गरेको छ।

संसद सभामुख कारु जयासूर्याले भने, ‘म घोषणा गर्छु कि राजापाक्षे सरकारमाथि यो संसदको विश्वास छैन।’

राष्ट्रपति मैत्रिपाला सिरिसेनाले विघटन गरेको संसद हिजो ‘नोभेम्बर १३’ मात्र त्यहाँको सर्वोच्च अदालतले अन्तरिम आदेशमार्फत् व्यूँताएको थियो।

सभामुख जयासूर्याले आज बिहान संसदको बैठकमा राजापाक्षेविरूद्ध विपक्षी पार्टीले दर्ता गरेको अविश्वासको प्रस्ताव प्रस्तुत गरेका थिए।

गत अक्टोबर २६ मा बहुमत प्राप्त प्रधानमन्त्री रनील विक्रमासिंघेलाई बर्खास्त गरी राष्ट्रपति सिरिसेनाले राजापाक्षेलाई प्रधानमन्त्रीमा नियुक्त गरेका थिए।

राजापाक्षेले संसदमा बहुमत प्राप्त गर्न नदेखेपछि राष्ट्रपतिले संसद नै विघटन गरिदिएका थिए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org