अटेरी कर्मचारीलाई जागिरबाट निकाल्नुपर्छ : प्रचण्ड
काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले प्रदेश र स्थानीय तहमा समायोजन हुन नमान्ने कर्मचारीलाई जागिरबाट निकाल्नुपर्ने बताएका छन् । संविधानको मर्म र भावनाअनुसार प्रदेश र स्थानीय तहमा खटिएर काम गर्न जान नमान्ने कर्मचारीलाई निकाल्नुको विकल्प नभएको दाहालले बताए। कर्मचारी समायोजनको समस्या सर्वत्र देखिएको छ।
कर्मचारीलाई प्रदेश र स्थानीय तहमा खटाउन सरकारले कठोर निर्णय गर्नुपर्छ। नमान्नेलाई निकाल्नुपर्छ अर्को कुनै उपाय छैन, म्याग्दी उद्योग वाणिज्य संघले बुधबार बेनीमा गरेको कार्यक्रममा बोल्दै दाहालले भने, ‘कर्मचारी प्रदेश र स्थानीय तहमा जान नमाने नयाँ कर्मचारी भर्ती गरे हुन्छ। पढेलेखेका युवाहरू बेरोगजार भएर विदेशिएका छन्। नमान्ने कर्मचारीलाई हटाइदिएर नयाँ भर्ती गरे को जाँदैन स्थानीय तहमा?’ स्थानीय तहमा कर्मचारी नजाँदा जनताले दु:ख पाएको दाहालले बताए।
‘संसारभरि जहाँ हेर्नुस्, ठूला राजनीतिक परिवर्तन भएपछि ब्युरोक्रेसी र सेक्युरिटीको माथिल्लो लेयरलाई सरकारले बिदा गरिदिन्छ। आफूप्रति लोयल हुने, परिवर्तनलाई बुझ्न सक्ने मान्छेहरूलाई भर्ती गर्छ। अनि पो परिवर्तन संस्थागत हुन्छ।’नेपालमा २००७, २०१७, २०४६, २०६२/०६३ र पछिल्लो समय जतिसुकै व्यवस्था बदल्न खोजे पनि राजाका पालामा तालिम लिएका हाकिमहरूले जनताको काम हुनै नदिएको दाहालले बताए।
‘दुईचार वर्ष ठूल्ठूला हाकिमसँग बस्दाबस्दै नेताजति हाकिमजस्ता हुन्छन्, जनताको काम हुन्न,’ दाहालले भने, ‘नेता (मन्त्री) ले हाकिमलाई परिवर्तनको बाहक बनाउनु पर्नेमा फाइल मिलेन, हुन्न हजुर मात्रै भनेको छ।’ कर्मचारीका कारण परिवर्तन उल्टन सक्ने डर आफूलाई भएको दाहालले बताए।जिल्ला कार्यालय खारेज गरेर स्थानीय तहमा ती कार्यालयको सेवा पुर्याउने संघीयताको मर्म भए पनि कर्मचारी अभाव देखाएर जिल्लामा भएका कार्यालय अरू जिल्लामा केन्द्रिकृत गरिएकोमा दाहालले आपत्ति जनाए।
‘जिल्लामा रहेका खानेपानी, शिक्षा, स्वास्थ्य कार्यालय गाउँमा पुर्याउने भनेको हो। कर्मचारीहरू पनि गाउँ पुर्याउने भनेको हो । अहिले के भएछ भने कर्मचारी जान मानेका छैनन्, अप्ठेरो पर्यो भनेर दुई/तीन वटा जिल्लालाई एउटा कार्यालय खोलिएको रहेछ,’ दाहालले भने, ‘जिल्ला कार्यालय हटाएर तीन जिल्लाको एउटा कार्यालय खोलेपछि जनतालाई झन् झमेला। बरु पहिले आफ्नै जिल्लामा त कार्यालय थियो।’कर्मचारी समायोजन भई स्थानीय तह नजाँदा जनताले सरकारमाथि प्रश्न उठाएको दाहालले बताए।
Comments
अरु समाचार
-
नोबेल पुरस्कार विजेताको समुपस्थितिमा त्रिविको दीक्षान्त समाराेह
काठमाडाैं । नोबेल पुरस्कार विजेता जापानी प्राध्यापक ताकाआकी काजिताको प्रमुख आतिथ्यतामा त्रिभुवन विश्वविद्यालयको ५१औँ दीक्षान्त समारोह हुने भएको छ ।...
-
आज नेकपाले भृकुटीमण्डपमा एकता शन्देससभा गर्दै !
काठमाडौं । विभिन्न राजनीतिक दल तथा समुहहरु मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टीले आज भृकुटीमण्डपमा एकता शन्देससभा गर्दैछ । गत कार्तिक...
-
तोकिएकै समयमा चुनाव बनाउन प्रतिबद्ध छाैंः प्रधानमन्त्री कार्की (भिडियोसहित)
काठमाडाैं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा विशेष सम्बोधन गर्दै तोकिएकै समयमा निर्वाचन सम्पन्न गराउने बताएकी छन् ।...
-
राष्ट्र बैंकले एक अर्ब २० करोड बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्मचारी सुरक्षण कोषमा रहेको रु एक अर्ब २० करोड बराबरको रकम बैंक तथा वित्तीय संस्थामा...
-
निर्वाचन ७५ दिन बाँकी : देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभर कूल १० हजार ९६७ मतदानस्थल रहने...
-
‘फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम’
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको बताएकी छन्...
-
२६ सय १५ बिन्दुमा सेयर बजार, सातामा १९ अर्ब ३७ करोड रुपैयाँको कारोबार
काठमाडौं । यो साता नेप्से परिसुचक २६ सय १५ दशमलव तीन बिन्दुमा कायम भएको छ । यसैगरी क बर्गका कम्पनीहरुको...
-
उच्च अदालत पाटनमा युवतीले गरिन् आत्महत्या प्रयास !
काठमाडौं । उच्च अदालत पाटन, ललितपुरमा एक युवतीले आत्महत्या प्रयास गरेकी छिन् । करिब ३० वर्षीया युवतीले बिहीबार आत्महत्याको प्रयास...
-
निर्वाचन केन्द्रित सुरक्षा चुस्त पार्दै नेपाल प्रहरी
काठमाडाैं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना,...












