चिनियाँ मन्त्रीद्वारा भक्तपुरको सम्पदा अवलोकन
काठमान्डाै । नेपाल भ्रमणमा रहेका चीनका संस्कृति तथा पर्यटनमन्त्री लुओ सुगाङसहितको चिनियाँ प्रतिनिधिमण्डलले आज भक्तपुरको सांस्कृतिक सम्पदाको अवलोकन गरेको छ ।
भक्तपुर नगरपालिकाको स्वागतमा आज भएको अवलोकनमा चिनियाँमन्त्री सुआङसहितको टोलीले विश्व सम्पदा सूचीमा रहेको भक्तपुर दरबारस्क्वायर, यस क्षेत्रका पचपन्न झ्याले दरबार, गोल्डेन गेट, टौमढीको पाँचतले मन्दिर, भैरब मन्दिरलगायत क्षेत्रको अवलोकन गरेको छ ।
भक्तपुर नगरपालिकाका नगरप्रमुख सुनिल प्रजापतिले चिनियाँमन्त्रीसहितको टोलीलाई स्वागत गर्दै यहाँका सम्पदा क्षेत्र, यसको महत्व, भूकम्पले पारेको प्रभाव र पुनः निर्माणका बारेमा जानकारी गराएका थिए ।
अवलोकनका क्रममा चिनियाँमन्त्री सुगाङले भक्तपुर नगरका सम्पदा चिनियाँ पर्यटकका लागि धार्मिक तीर्थस्थलका रुपमा रहेको बताए । अवलोकन भ्रमणपछि भक्तपुर नगरपालिकाका प्रमुख प्रजापतिले मन्त्री सुगाङलाई मायाको चिनोस्वरुप मयूर झ्याल प्रदान गरेका छन, भने मन्त्री सुगाङले प्रजापतिलाई चीनमा चिया खान प्रयोग हुने माटोको कप मायाको चिनोका रुपमा प्रदान गरेका थिए।
Comments
अरु समाचार
-
राष्ट्र बैंकले एक अर्ब २० करोड बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्मचारी सुरक्षण कोषमा रहेको रु एक अर्ब २० करोड बराबरको रकम बैंक तथा वित्तीय संस्थामा...
-
निर्वाचन ७५ दिन बाँकी : देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभर कूल १० हजार ९६७ मतदानस्थल रहने...
-
‘फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम’
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको बताएकी छन्...
-
२६ सय १५ बिन्दुमा सेयर बजार, सातामा १९ अर्ब ३७ करोड रुपैयाँको कारोबार
काठमाडौं । यो साता नेप्से परिसुचक २६ सय १५ दशमलव तीन बिन्दुमा कायम भएको छ । यसैगरी क बर्गका कम्पनीहरुको...
-
उच्च अदालत पाटनमा युवतीले गरिन् आत्महत्या प्रयास !
काठमाडौं । उच्च अदालत पाटन, ललितपुरमा एक युवतीले आत्महत्या प्रयास गरेकी छिन् । करिब ३० वर्षीया युवतीले बिहीबार आत्महत्याको प्रयास...
-
निर्वाचन केन्द्रित सुरक्षा चुस्त पार्दै नेपाल प्रहरी
काठमाडाैं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना,...
-
बंगलादेशमा शेख हसिनाका विरोधीको गोली हानी हत्या !
काठमाडौं । बंगलादेशको राजनीति र सडकमा झन् तीव्र तनाव सुरु भएको छ । गत वर्षको आन्दोलनका प्रमुख नेता तथा इन्किलाब...
-
मधेश प्रदेश:मुख्यमन्त्री यादवले आज विश्वासको मत लिने
काठमाडाैं । मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री यादवले शुक्रबार दिउँसो ४ बजे...
-
अख्तियार प्रमुखलाई ज्यान लिने धम्की दिने एक व्यक्ति फिलिपिन्समा पक्राउ
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई धम्की दिने एक व्यक्ति पक्राउ परेका छन् । ‘विदेशबाट भाका...












