रामेश्वर थापाको द्वन्द्वकालीन संस्मरण ‘बारुदमाथि उड्दा’ सार्वजनिक हुँदै
काठमाडौं । आफ्नो ‘फ्लाइङ करिअर’मा ९ हजार घन्टाभन्दा बढी समय आकाशमा उडेका हेलिकोप्टर पाइलट रामेश्वर थापाको संस्मरण ‘बारुदमाथि उड्दा’ सार्वजनिक हुने भएको छ। सञ्चार उद्यमीसमेत रहेका थापा माओवादी ‘जनयुद्ध’को कहालीलाग्दो समयमा जोखिम मोलेर घाइते सुरक्षाकर्मीहरूको उद्धारमा खटिएका थिए।
‘जनयुद्ध’का अधिकांश भिडन्तलगत्तै घटनास्थलमा पुगेर उद्धार कार्यमा जुटेका थापाले पुस्तकमा युद्धस्थलका आला घटना, छटपटाइरहेका घाइतेका चित्कार तथा आगोको मुस्लो र बारुदको धुवाँले रङ्मङ्गिएको बखतका उद्धारको वर्णन गरेका छन्।
नेपाल प्रहरीका पूर्व एआइजी राजेन्द्रबहादुर सिंहले क्याप्टेन थापाका बारेमा पुस्तकको भूमिकामा भनेका छन्, ‘माओवादीले दोस्रोपटक खारा आक्रमण गर्दा सेनाका पाइलटले पनि खारामा थप एमुनेसन र फौज झार्न नसक्दा भिडन्त भइरहकै अवस्थामा क्याप्टेन थापाले अवतरण गरेका थिए । वरिपरि फाइरिङ भइरहेकै अवस्थामा जोखिम मोलेर थप सैन्य शक्ति र एमुनिसन पुर्याई घाइतेहरूको उद्धार गर्न सक्नुभयो। उहाँ नभएको भए सायद खारामा सेनाले ठूलै मूल्य चुकाउनुपर्थ्यो। त्यस बेलामा व्यवसायभन्दा पनि राष्ट्रको संवेदनशीलता बुझेर थापाले हेलिकप्टर उडाई हामीलाई सहयोग गर्नुभएको हो।’
पुस्तकमा रुकुमको खारा आक्रमणदेखि दैलेखको नौमुले र रामेछापको बेथानदेखि सिन्धुलीको भिमाद आक्रमण लगायतका चालीसभन्दा बढी स्थानको घटनाको तात्कालिक अवस्था र उद्धारको रोचक चित्राङ्कन क्याप्टेन थापाले गरेका छन्। साथै, काभ्रेपलाञ्चोकको सामान्य किसान परिवारमा जन्मेर हेलिकप्टर पाइलट बन्नका लागि गरेको मेहनत र सङ्घर्ष तथा जीवनमा उठाएका जोखिम र त्यससँग सम्बन्धित घटना र परिघटनाले उनको दुस्साहसपूर्ण चरित्रको समेत चित्राङ्कन पुस्तकमा गरिएको छ।
क्याप्टेन थापाको संस्मरण ‘जनयुद्ध’का दौरान सँगालेका दुर्लभ र जोखिमपूर्ण अनुभवको एरियल न्यारेटिभ हो। अन्नपूर्ण पोस्टका पूर्व सम्पादक एवम् पत्रकार राजाराम गौतमले सम्पादन गरेको पुस्तकको आवरण प्रकाशन संस्था बुक-हिलले शनिबार सार्वजनिक गरेको छ। पुस्तक मंसिरको तेस्रो साता बजारमा आउने बुक-हिलले जनाएको छ।
Comments
अरु समाचार
-
राष्ट्र बैंकले एक अर्ब २० करोड बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्मचारी सुरक्षण कोषमा रहेको रु एक अर्ब २० करोड बराबरको रकम बैंक तथा वित्तीय संस्थामा...
-
निर्वाचन ७५ दिन बाँकी : देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभर कूल १० हजार ९६७ मतदानस्थल रहने...
-
‘फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम’
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको बताएकी छन्...
-
२६ सय १५ बिन्दुमा सेयर बजार, सातामा १९ अर्ब ३७ करोड रुपैयाँको कारोबार
काठमाडौं । यो साता नेप्से परिसुचक २६ सय १५ दशमलव तीन बिन्दुमा कायम भएको छ । यसैगरी क बर्गका कम्पनीहरुको...
-
उच्च अदालत पाटनमा युवतीले गरिन् आत्महत्या प्रयास !
काठमाडौं । उच्च अदालत पाटन, ललितपुरमा एक युवतीले आत्महत्या प्रयास गरेकी छिन् । करिब ३० वर्षीया युवतीले बिहीबार आत्महत्याको प्रयास...
-
निर्वाचन केन्द्रित सुरक्षा चुस्त पार्दै नेपाल प्रहरी
काठमाडाैं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना,...
-
बंगलादेशमा शेख हसिनाका विरोधीको गोली हानी हत्या !
काठमाडौं । बंगलादेशको राजनीति र सडकमा झन् तीव्र तनाव सुरु भएको छ । गत वर्षको आन्दोलनका प्रमुख नेता तथा इन्किलाब...
-
मधेश प्रदेश:मुख्यमन्त्री यादवले आज विश्वासको मत लिने
काठमाडाैं । मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री यादवले शुक्रबार दिउँसो ४ बजे...
-
अख्तियार प्रमुखलाई ज्यान लिने धम्की दिने एक व्यक्ति फिलिपिन्समा पक्राउ
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई धम्की दिने एक व्यक्ति पक्राउ परेका छन् । ‘विदेशबाट भाका...












