इराकमा बाढीका कारण २१ जनाको मृत्यु
बग्दाद । इराकमा व्यापक बर्षापछि आएको बाढीका कारण कम्तीमा २१ जनाको मृत्यु भएको छ भने दर्जनौ व्यक्ति घाइते भएका इराकी अधिकारीले जनाएका छन् । मृत्यु हुनेमा अधिकांश महिला तथा बालबालिका रहेको बताइएको छ ।
बर्षापछि आएको बाढीका कारण दर्जनौँ वस्तीहरू डुवानमा परेका र शनिबार र आइतबार गरी जम्मा २१ जनाको मृत्यु भएको छ , स्वास्थ्य मन्त्रालयका प्रवक्ता सेफ अल–बाडरले भने ।
देशको कैयौँ भागमा खेतीजन्य जमिनमा डुबान हुँदा ठूलो मूल्य बराबरको बालीनाली, फलफुल तथा तरकारीसमेत नष्ट भएको उनले बताए । बाढीको कारण भएको क्षतिको विवरण प्राप्त भइरहेकोे बताउँदै बाढीका कारण मृत्यु हुनेको सङ्ख्यामा थप वृद्धि हुनसक्ने उनले बताए ।
बर्षापछि आएको बाढीमा मृत्यु हुने अधिकांश डुबानका कारण घरहरूमा फसेका नागरिकलाई समयमै उद्धार गर्न नसक्दा मृत्यु भएको बाढीपीडितका आफन्तजनले बताएका छन् । रासस/एएफपी
Comments
अरु समाचार
-
विभिन्न जिल्लामा शीतलहरको जोखिम बढ्दो , कस्तो छ पूर्वतयारी ?
काठमाडौँ: यतिबेला चिसो बढेसँगै तराईका विभिन्न जिल्लामा शीतलहरको जोखिम छ । लगातार पाँच दिनदेखि हुस्सुले ढाकेको तराईका जिल्लामा चिसो बढेसँगै...
-
बैंकको सस्तोमा लिलाम कदमविरुद्ध लहानमा आन्दोलन चर्किँदै
सिरहा । कृषि विकास बैंक लहान शाखाले करोडौँको जग्गा सस्तोमा लिलाम गरेको भन्दै स्थानीय आन्दोलित भएका छन् । उनीहरूले बिहीबार...
-
पूर्वडीआईजी छविलाई रास्वपाका नेताहरूको जिम्मामा छाडियो
पोखरा । अदालतको आदेशपछि धरौटीमा रिहा भएका गोर्खा मिडियाका पूर्वसञ्चालक, पूर्वडीआईजी छविलाल जोशीलाई पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेताहरूको जिम्मामा...
-
रिहा भए रवि लामिछाने, काठमाडौं अदालतमा आफैँ उपस्थित हुने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने कास्की प्रहरी हिरासतबाट ८४ दिनपछि धरौटीमा रिहा भएका छन् ।...
-
तनहुँमहोत्सव सुरु, कृषि क्षेत्रको विकासमा उपप्रधानमन्त्री सिंहको जोड
काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले कृषि, पर्यटन, प्रविधिका साथै ऊर्जाको विकासबाट देशलाई समृद्धिको पथमा अग्रसर गराउन सहज...
-
शैक्षिक क्षेत्रलाई दलीय प्रभावबाट मुक्त गर्ने प्रयासमा छु : मन्त्री भट्टराई
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षा क्षेत्रलाई राजनीतिक दलको प्रभावबाट मुक्त गर्ने प्रयासमा आफू लागेको बताएकी छन्...
-
सेयर बजार परिसूचक घट्दा, बड्यो कारोबार रकम
काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारको परिसूचक नेप्से १८.१४ अंक घटेको छ । विगतका ६ कारोबार दिन लगातार...
-
उत्तरी सिरियामा टर्कीए र कुर्दिश सेनाबीच झडप, ३७ जनाको मृत्यु
काठमाडौं । सिरियाको उत्तरी मानबिज क्षेत्रमा बिहीबार टर्कीए समर्थित समूह र कुर्द नेतृत्वको सेनाबीच भएको भिडन्तमा ३७ जनाको मृत्यु भएको...
-
भकुण्डेबेंसीमा सुमो तोडफोड गर्ने ९ जना पक्राउ
काठमाडौं । खोटाङको दिक्तेलबाट काठमाडौं आउँदै गरेको टाटा सुमोमाथि तोडफोड भएको छ । बुधबार साँझ बीपी राजमार्ग अन्तर्गत काभ्रेको भकुण्डेबेंसीस्थित...