गोरखामा वडास्तरमै युवा स्वरोजगार कार्यक्रम
गोरखा । गोरखाको गण्डकी गाउँपालिका–८ ले वडाभित्रका युवालाई स्वरोजगार बनाउन युवा स्वरोजगार कार्यक्रम सञ्चालन गरेको छ । वडा कार्यालयले युवालाई स्वदेशमै कृषि, पशुपालनलगायतका पेशा व्यवसाय गर्न हौसला प्रदान गर्न स्वरोजगार कार्यक्रम सञ्चालन गरिएको वडाध्ययक्ष कृष्णप्रसाद रेग्मीले जानकारी दिनुभयो ।
वडा कार्यालयले वडाभित्रका विभिन्न सात स्थानको पहिचान गरी चालु आर्थिक वर्षका लागि कार्यक्रम शुरु गरेको उहाँले बताउनुभयो । “कार्यक्रममा सहभागी हुन चाहनेका लागि निवदेन आह्वान गरिसकिएकोे छ”, वडाध्यक्ष रेग्मीले भन्नुभयो, “समूहमा आउनेलाई प्राथमिकता दिएर छनोट गर्ने तयारी गरेका छौँ ।”
स्वरोेजगार कार्यक्रममा सहभागी हुने व्यक्ति वा समूहले उत्पादनमूलक पेशा व्यवसाय गर्नु पर्ने र कम्तीमा पाँच वर्ष सोही पेशालाई निरन्तरता दिनेलाई मात्र कार्यक्रममा सहभागी गराइने उहाँले बताउनुभयो । “पुराना पेशा व्यवसाय आरन, सूचीकार, कुखुरापालन, कृषि व्यवसाय गर्नेलाई पहिलो प्राथमिकता दिइनेछ, वडाध्यक्ष रेग्मीले भन्नुभयो, “धेरै निवदेन परेकाले प्राथमिकताका आधारमा छनोट गरिनेछ ।
कार्यक्रमअन्तर्गत वडाले व्यक्तिलाई कम्तीमा रु ५० हजार र समूहलाई रु दुई लाखसम्मको अनुदान सहयोग गर्ने उहाँले बताउनुभयो । अधिकांश युवा सामान्य रोजगारीका लागि विदेशिने गरेकाले युवालाई स्वदेशमै बसेर पनि काम गर्न सके आत्मनिर्भर बन्न सकिन्छ भन्ने प्रेरणा दिन कार्यक्रम शुरु गरिएको वडाध्यक्ष रेग्मीको भनाइ छ ।
तरकारी खेतीको राम्रो सम्भावना बोकेको भम्लिचोकमा व्यावसायिक खेती गर्न सके यही राम्रो आम्दानी गर्न सकिने उहाँले बताउनुभयो । “अहिले युवा महीनामा रु २०÷३० हजार कमाउन विदेश पुग्छन्, यहीँ तरकारीखेती गरेर मासिक रु ५० हजार कमाउने पनि छन्”, वडाध्यक्ष रेग्मीले भन्नुभयो । युवालाई गाउँमै राखेर आत्मनिर्भर बनाउन सके गाउँको मुहार फेरिन समय नलाग्ने उहाँको भनाइ छ ।
Comments
अरु समाचार
-
राष्ट्र बैंकले एक अर्ब २० करोड बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्मचारी सुरक्षण कोषमा रहेको रु एक अर्ब २० करोड बराबरको रकम बैंक तथा वित्तीय संस्थामा...
-
निर्वाचन ७५ दिन बाँकी : देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभर कूल १० हजार ९६७ मतदानस्थल रहने...
-
‘फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम’
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको बताएकी छन्...
-
२६ सय १५ बिन्दुमा सेयर बजार, सातामा १९ अर्ब ३७ करोड रुपैयाँको कारोबार
काठमाडौं । यो साता नेप्से परिसुचक २६ सय १५ दशमलव तीन बिन्दुमा कायम भएको छ । यसैगरी क बर्गका कम्पनीहरुको...
-
उच्च अदालत पाटनमा युवतीले गरिन् आत्महत्या प्रयास !
काठमाडौं । उच्च अदालत पाटन, ललितपुरमा एक युवतीले आत्महत्या प्रयास गरेकी छिन् । करिब ३० वर्षीया युवतीले बिहीबार आत्महत्याको प्रयास...
-
निर्वाचन केन्द्रित सुरक्षा चुस्त पार्दै नेपाल प्रहरी
काठमाडाैं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना,...
-
बंगलादेशमा शेख हसिनाका विरोधीको गोली हानी हत्या !
काठमाडौं । बंगलादेशको राजनीति र सडकमा झन् तीव्र तनाव सुरु भएको छ । गत वर्षको आन्दोलनका प्रमुख नेता तथा इन्किलाब...
-
मधेश प्रदेश:मुख्यमन्त्री यादवले आज विश्वासको मत लिने
काठमाडाैं । मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री यादवले शुक्रबार दिउँसो ४ बजे...
-
अख्तियार प्रमुखलाई ज्यान लिने धम्की दिने एक व्यक्ति फिलिपिन्समा पक्राउ
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई धम्की दिने एक व्यक्ति पक्राउ परेका छन् । ‘विदेशबाट भाका...












