लुम्बिनी बौद्ध विश्वविद्यालयको १४ औँ स्थापना दिवसका अवसरमा राष्ट्रपति लुम्बिनी आउँदै
बुटवल । लुम्बिनी बौद्ध विश्वविद्यालयको १४ औँ स्थापना दिवसका अवसरमा आयोजना हुने विशेष समारोहका लागि राष्ट्रपति विद्यादेवी भण्डारी आज लुम्बिनी आउने भएकी छन् ।
स्थापना दिवसका अवसरमा उक्त विश्वविद्यालयको नवनिर्मित सात वटा भवन पनि उद्घाटन गरिने कार्यक्रम रहेको विश्वविद्यालयका निमित्त उपकुलपति तथा रजिष्ट्रार तिलक आचार्यले जानकारी दिए ।
विश्वविद्यालयले लुम्बिनी विकास कोष क्षेत्र परिसरभित्र चार र लुम्बिनी नजिकै खडैयामा तीन भवन निर्माण गरेको छ ।
बौद्धधर्मको प्रचारप्रसारमा उल्लेखनीय योगदान पु¥याउने नेपालका ख्यातीप्राप्त बौद्धधर्मका ज्ञाता र विश्वविद्यालयका पूर्वउपकुलपतिका साथै पूर्व रजिष्ट्रारलाई सम्मान पनि गरिने निमित्त उपकुलपति आचार्यले जानकारी दिए ।
विशेष समारोहमा प्रदेश नं ५ का प्रमुख उमाकान्त झा, सङघीय सरकारका शिक्षामन्त्री गिरीराजमणि पोखरेल, संस्कृतिमन्त्री रवीन्द्र अधिकारीलगायतको सहभागिता रहने जनाइएको छ ।
Comments
अरु समाचार
-
आईपीएलमा आज मुम्बई इन्डियन्स र लखनउ सुपर भिड्दै
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज मुम्बई इन्डियन्स र लखनउ सुपर जाएन्ट्स खेल्दैछन् । यी दुई देशको खेल...
-
जनकपुर–जयनगर रेल्वे सेवा तीन दिनसम्म बन्दरहने
जलेश्वर । भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा आउँदो शनिबारदेखि तीन दिनसम्मको लागि बन्द रहने भएको छ ।नेपाल रेल्वे कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक...
-
प्रतिनिधिसभाको बैठकमा आजपनि अवरोध कायमै रहने
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधपछि विहीबार स्थगित भएको प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक आज बिहान...
-
अग्रगामी र राष्ट्रिय शक्तिलाई निर्णायक तहमा पुर्याउनुपर्छ:अध्यक्ष ओली
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय हितको सम्वद्र्धन, सुशासन र तीव्र विकासलाई अगाडि बढाउन...
-
नेप्से परिसूचकमा झिनो अङ्कको बृद्धि
काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार,...
-
स्लोभाक प्रधानमन्त्री फिकोमाथि भएको आक्रमण कायरतापूर्ण कार्य: प्रधानमन्त्री मोदी
काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोमाथि भएको गोली प्रहारलाई ‘कायरतापूर्ण र डरलाग्दो कार्य’ भएको निन्दा गर्दै...
-
पूर्वप्रधानसेनापति सिंहको निधन
काठमाडौं । पूर्वप्रधानसेनापति धर्मपालवर सिंह थापाको निधन भएको छ । लामो समयदेखि फोक्सोसम्बन्धी रोगबाट पीडित उहाँको आज ८५ वर्षको उमेरमा...
-
सत्तापक्ष संसदीय छानबिन समिति बनाउन तयार, कांग्रेसले गृहमन्त्रीलाई बोल्न दिने
काठमाडौं । सहकारी ठगी प्रकरणले बन्धक बनेको संघीय संसद् निकासोन्मुख देखिएको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उठाउँदै आएको संसदीय...
-
निजी छाडेर सामुदायिक विद्यालयमा भर्ना
काठमाडौं । पछिल्लो सामुदायिक विद्यालयप्रति विद्यार्थीको आकर्षण बढिरहेको छ । निजी विद्यालय छाडेर पनि सामुदायिक विद्यालयमा भर्ना हुन आउनेको सङ्ख्या...