ताजा समाचार

एमालेका सचिव पदमा नवनिर्वाचित भएका ९ पदाधिकारी !

काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनमा सचिव पदमा सबै जना अध्यक्ष केपी शर्मा ओली प्यानलका उम्मेदवारले विजयी हासिल गरेका छन्।

बुधबार आएको अन्तिम मतपरिणाम अनुसार सबै जना उम्मेदवारहरू ओलीकै प्यानलकाले जितेका हुन्।

पहिलो नम्बरमा महेश बस्नेत छन्। उनले १५४४ मत प्राप्त गरेका छन्। पद्माकुमारी अर्याल र शेरधन राईले १५३० मत प्राप्त गरेका छन्।

छविलाल विश्वकर्माले १५०६, हिक्मतकुमार कार्कीले १३३७ मत, खगराज अधिकारीले १३३१, यामलाल कँडेलले ११८५, राजन भट्टराईले ११८१ र भानुभक्तले ११०८ मत प्राप्त गरेका छन्।

ईश्वर पोखरेल प्यानलका गोकुलप्रसाद बाँस्कोटा १०औं स्थानमा छन्। उनले १०३० मत प्राप्त गरेका हुन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org