बुटवलमा पाँच वर्षीय बालिकामाथि सामूहिक बलात्कार
बुटवल । रुपन्देहीको देवदहमा पाँच वर्षीय बालिकामाथि शुक्रबार बेलुकी करीब ७ बजे सामूहिक बलात्कारको प्रयास भएको छ । देवदह नगरपालिका–५ पानबारी नजिकै स्थानीय पाँच वर्षीय बालिकामाथि सामूहिक बलात्कारको प्रयास भएको हो ।
बालिका बलात्कार गरेको आशङ्कामा स्थानीय चार युवालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय देवदहका प्रहरी सहायक निरीक्षक भरत थापाले जानकारी दिएका छने । पीडित बालिकाको यौनाङ्गबाट रगत बगिरहेको र उनलाई उपचारका लागि लुम्बिनी अञ्चल अस्पतालमा पठाइएको समेत प्रसनि थापाले जानकारी दिए । पक्राउ परेका पाँच जनालाई नै हिरासतमा राखी अनुसन्धान थालिएको समेत उनले जानकारी दिए ।
पीडित बालिकाकी आमा माइतीमा सुत्केरी बस्न गएकी र बाबुसमेत सुत्केरी श्रीमती भेट्न गएको अवस्थामा घरमा वृद्ध बाजेबजैसँग रहेकी बालिकामाथि घटना भएको देवदह नगरपालिकाका प्रमुख हीराबहादुर केसीले बताए ।
बालिका बेलुका घरमा नदेखेपछि बाजेले खोज्दै जाँदा केही पर पक्राउ परेका युवकसँगै चिच्याइरहेको अवस्थामा फेला परेको स्थानीयको भनाइ उद्धृत गर्दै नगर प्रमुख केसीले जानकारी दिए ।
Comments
अरु समाचार
-
आइपीएलः पञ्जाबले चेन्नईमाथि ७ विकेटको सहज जित हात हात पार्यो
काठमाडौं । पञ्जाब सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ को ४९ औं खेलमा चेन्नई सुपर किंग्समाथि ७ विकेटको सहज...
-
राेहितकाे कप्तानीमा टी–२० विश्वकप खेल्ने नेपाली टाेलीकाे घाेषणा
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले विश्वकप खेल्ने नेपाली टोलीको घोषणा गरेको छ । बुधबार क्यानले टिमको घोषणा गरेको हो ।...
-
सबै श्रमिकलाई सरकारले सामाजिक सुरक्षा कार्यक्रमको दायरामा ल्याउनुपर्छ: शंकर पोखरेल
काठमाडाैं । सत्तारुढ दल नेकपा एमालेका महासचिव शंकर पोखरेलले सबै श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको दायरामा ल्याउन सरकारसँग आग्रह...
-
सरकारले उत्पादन र रोजगारी सिर्जनालाई प्राथमिकतामा राखेर बजेट निर्माण गर्दै छः प्रधानमन्त्री प्रचण्ड
काठमाडाैं । सरकारले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटमा उत्पादकत्व वृद्धि र रोजगारी सृजनालाई उच्च प्राथमिकता दिने भएको छ...
-
वेस्ट इन्डिज ‘ए’द्वारा नेपालसामु २२८ रनको लक्ष्य
काठमाडौं । टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ले नेपालसामु जितका लागि दुई सय २८ रनको लक्ष्य प्रस्तुत गरेको छ...
-
श्रमसम्बन्धी विवाद स्थानीय तहमै समाधान हुनु महत्त्वपूर्ण उपलब्धि : अध्यक्ष ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले श्रमसम्बन्धी विवादहरु स्थानीय तहमै समाधान हुनु महत्वपूर्ण उपलब्धि भएको बताएका छन्।...
-
श्रमिकको समस्या समाधान गर्न सरकारले सुरु गर्यो ‘श्रमाधान’ सेवा
काठमाडौं । श्रमिकका विभिन्न समस्या, गुनासो र जिज्ञासालाई समाधान र सुधार गर्ने उद्देश्यसहित सरकारले श्रमाधान सेवाको थालनी गरेको छ ।...
-
प्रहरी महानिरीक्षक स्वदेश फिर्ता
काठमाडौं । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर इन्टरपोल महासचिवालयको आयोजनामा फ्रान्सको लियोनमा सञ्चालन भएको ‘१९औँ हेड अफ एनसिबी कन्फरेन्स’मा नेपालका तर्फबाट...
-
जङ्गलमा लागेको आगो घरमा सल्किँदा घर नष्ट
काठमाडौं । चितवनको इच्छाकामना गाउँपालिका–२ स्थित कोटारीमा दुई घरमा आगलागी भएको छ । जङ्गलमा लागेको डढेलोका कारण घरमा आगो सल्किँदा...