सरकार किन लुकाउन चाहन्छ न्यायको माग गरिएको यो पोष्टर?
काठमाडौँ । सुदूर पश्चिमको कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी निर्मला पन्त प्रकरणमा न्याय माग्न भन्दै बनाइएको पोष्टर प्रहरीले च्यात्न थालेको सार्वजनिक भएपछि त्यसले अधिकारीहरूमाथि पारेको प्रभाव प्रष्ट भएको छ। एक रुपैयाँ देउ टोलीका एक सदस्य विक्रम केसीका अनुसार गत बुधवार राती कुरै कुरामा निर्मला पन्तको पोष्टर बनाउने निर्णय भयो।
खासमा त्यो टोलीलाई एउटा फेसबुक सन्देशले झक्झक्याइदिएको थियो । सन्देश थियो- ‘विवादास्पद’ अन्तर्राष्ट्रिय सम्मेलनका लागि काठमाण्डूका ठाउँ ठाउँमा टाँसिएका प्रधानमन्त्री केपी ओली र अन्यका फोटाहरूमाथि निर्मला पन्तको फोटो टाँसेर न्यायका लागि दबाब बढाउने।
टोलीले आफ्नै खल्तीबाट पैसा हालेर ३० थान फ्लेक्स २०० पोष्टर बनायो। १८ जनाको टोली काठमाण्डू, भक्तपुर र पाटनमा बाँडिएर बिहीवार राती पोष्टर र फ्लेक्स टाँग्न व्यस्त रह्यो।
त्यो अधिकारीहरूका लागि टाउको दुखाइ बनिदियो। पोष्टरमा आकर्षक नारा पनि छ: “सरकार भेटियो तर न्याय भेटिएन”भन्ने।
केसीका अनुसार उनी स्वयंले खासमा ‘सरकार भेटियो तर न्याय हरायो’ भन्ने नारा प्रस्ताव गरेका थिए।
त्यसमाथि छलफल भएर अन्तिम रुप दिइयो ‘सरकार भेटियो तर न्याय भेटिएन’ भन्ने।
पोष्टरहरू सवारी साधनमा टाँसिए।
त्यसरी टाँसेका पोष्टरहरू प्रहरीले च्यातेका तस्बिरहरू सार्वजनिक भए।
प्रहरी प्रवक्ता उत्तमराज सुवेदी भन्छन्, “प्रहरीको पोष्टर च्यात्ने नीति होइन आदेश पनि दिएको छैन।”
तर गत हप्ता काठमाण्डूमा भएको एक विवादास्पद अन्तर्राष्ट्रिय सम्मेलनमा प्रधानमन्त्री केपी ओली लगायतका ठूल्ठूला पोष्टरहरू टाँसिएका थिए।
ती पोष्टरमाथि अभियानकर्ताहरूले निर्मलाको पोष्टर टाँसिदिएपछि त्यो “अशोभनीय भएको र त्यसले अन्तर्राष्ट्रिय स्तरमा पनि नराम्रो सन्देश जाने भएकाले स्थानीय प्रशासनले त्यो रोक्न खोजेको” प्रवक्ता सुवेदीले बीबीसीलाई बताए।
पोष्टरको स्केचको डिजाइन इन्टरनेटबाट निकालिएको र त्यो स्केच स्कृष्णगोपालले बनाएको उनले बताउ।
त्यसैक्रममा “आक्रोशित” अभियानकर्मीलाई पक्राउ गरिएको र पछि छोडिएको उनले बताए।
पोष्टरको माग देशका विभिन्न भागबाट आउन थालेपछि उनीहरूले गुगल ड्राइभबाट सबैलाई डिजाइनमाथि पहुँच दिए।
देशभर स्वतस्फूर्त रुपमा सबैले आ-आफै पोष्टर बनाएको केसीले बताए।
निर्मलालाई न्याय माग्ने काममा सबैले जिम्मेवारी महसुस गरुन् भनेर पहिले त पोष्टरबारे उनीहरूले कसैलाई बताएनन्।
तर ‘राजनीतिक पार्टीले नियोजित रुपमा गरेको भन्ने जस्ता आरोप आएपछि’ आफूहरू पोष्टरबारे जानकारी सार्वजनिक गर्न तयार भएको केसीले बताए।
पोष्टरपछि स्टिकरको माग आउन थाल्यो।
आफ्नै खल्तीका पैसा खर्च गरेर २२५ स्टिकर बनाएर उनीहरूले गत शनिवार भृकुटीमण्डपमा भेटघाट आयोजना गरे।
स्टिकर, पोष्टर र फ्लेक्स बनाउँदा लागेको खर्च १८ जनाको समूहमा बाँडदा प्रतिव्यक्ति ५३२ रुपैयाँ परेको केसीले बताए।
त्यसपछि स्टिकरको माग आयो त्यसलाई पनि उनीहरूले गुगल ड्राइभ मार्फत् बाँडन थाले।
आफूहरूले बनाएको स्टिकरले निर्मलालाई न्याय दिने कुरामा दबाब बढाउने माध्यम बनेकोमा आफूहरू उत्साहित बनेको केसीले बीबीसीलाई बताए। बीबीसी नेपालीबाट
Comments
अरु समाचार
-
२६ सय १५ बिन्दुमा सेयर बजार, सातामा १९ अर्ब ३७ करोड रुपैयाँको कारोबार
काठमाडौं । यो साता नेप्से परिसुचक २६ सय १५ दशमलव तीन बिन्दुमा कायम भएको छ । यसैगरी क बर्गका कम्पनीहरुको...
-
उच्च अदालत पाटनमा युवतीले गरिन् आत्महत्या प्रयास !
काठमाडौं । उच्च अदालत पाटन, ललितपुरमा एक युवतीले आत्महत्या प्रयास गरेकी छिन् । करिब ३० वर्षीया युवतीले बिहीबार आत्महत्याको प्रयास...
-
निर्वाचन केन्द्रित सुरक्षा चुस्त पार्दै नेपाल प्रहरी
काठमाडाैं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना,...
-
बंगलादेशमा शेख हसिनाका विरोधीको गोली हानी हत्या !
काठमाडौं । बंगलादेशको राजनीति र सडकमा झन् तीव्र तनाव सुरु भएको छ । गत वर्षको आन्दोलनका प्रमुख नेता तथा इन्किलाब...
-
मधेश प्रदेश:मुख्यमन्त्री यादवले आज विश्वासको मत लिने
काठमाडाैं । मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री यादवले शुक्रबार दिउँसो ४ बजे...
-
अख्तियार प्रमुखलाई ज्यान लिने धम्की दिने एक व्यक्ति फिलिपिन्समा पक्राउ
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई धम्की दिने एक व्यक्ति पक्राउ परेका छन् । ‘विदेशबाट भाका...
-
आफूमाथि जाली मुद्दा लगाउने षड्यन्त्र भएको ओलीको दाबी
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि जाली मुद्दा लगाउने षड्यन्त्र भएको दाबी गर्दै यदी त्यस्तो भए देश...
-
एमाले महाधिवेशनः प्यानल फरक भएपनि याेगेशलाई माया, बाँकि काे-काे ?
काठमाडौं । नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी भएका छन् । २,२२७ खसेको मतमा भट्टले १,४५२...
-
एमालेका सचिव पदमा नवनिर्वाचित भएका ९ पदाधिकारी !
काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनमा सचिव पदमा सबै जना अध्यक्ष केपी शर्मा ओली प्यानलका उम्मेदवारले विजयी हासिल गरेका छन्।...












